logo

प्रतिनिधि सभा बिघठन बिरुद्ध बीरगंजमा जसपाको भब्य प्रर्दशन

      12/23/2020 गते 00 00 मा प्रकाशित     1138   पटक पढिएको

प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टीले बीरगंजमा भब्य प्रर्दशन गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरेको भन्दै जसपा पर्साले बिरोध प्रर्दशन गरेको हो ।  जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव र जगदीश पटेलको नेतृत्वमा घण्टाघरबाट सुरु भएको ¥याली नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

¥यालीमा जसपाका नेता तथा कार्यकर्ताहरुले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्को नाराबाजी गरेका थिए । कोण सभामा बिघठीत प्रतिनिधि सभाका सदस्य प्रदीप यादव , पार्टीका केन्द्रीय सदस्य हरिनारायण रौनीयारले सम्बोधन गरेका थिए । 


विरोध कार्यक्रम जसपाका केन्द्रीय सदस्य राजेशमान सिँह, नेजामुदिन समानी, नेता सुरेन्द्र कुर्मी रम्भा मिश्र जसपा पर्साका अध्यक्ष रामनरेश यादव, बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य रमेश पटेल, जन्नत अन्सारी, प्रह्लाद् गिरि, करिमा बेगम, पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल, विन्दवासिनि गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन, कुर्मी, जगदिश पटेल, , ओमप्रकाश सर्राफ, इश्वर यादव, गौरीशंकर साह लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको तत्कालिन समाजवादी पार्टी पर्साका सचिब तबरेज अहमदले जानकारी दिनुभयो ।

 

पर्साको बीरगन्जसहित, सप्तरी सदरमुकाम राजविराज, सिराहा सदरमुकाम सिराहा, महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैयालगायतका स्थानहरुमा जसपाले सरकार विरोधी प्रदर्शन गरेको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.