logo

जनकपुरका शितलले परित्याग गरे एकिकृत समाजवादी पार्टी

 इसीमाना सम्वाददाता     २०८१ असोज १६ गते ०७: २२ मा प्रकाशित     508   पटक पढिएको

जनकपुरधाम । बृहतर जनकपुरधाम बिकास परिषदका अध्यक्ष शितल साहले नेकपा एकिकृत समाजवादी परित्याग गरेका छन । उनले पार्टी परित्याग गरि स्वतन्त्र बामपन्थीको रुपमा क्रियाशिल रहने बताएका छन ।

 


नेकपा एकिकृत समाजवादी पार्टीले अनियमितता र भ्रष्टचारजन्य काम गर्ने प्रवतिलाई संरक्षण गर्ने गरेको पाएपछि साहले पार्टी परित्यागको निर्णय लिएका हुन ।

 

साह नेकपा एकिकृत समाजवादीको मधेश प्रदेशको सदस्य र पार्टीको प्रचार बिभाग सदस्य एवं मधेश इन्चार्ज समेत हुन ।

 

नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका साहले पार्टी परित्याग गर्नाले धनुषामा नेकाप एसलाई निकै ठुलो क्षती हुने भएको छ ।

 

मधेशबाट पत्रकारिताका स्थापित साहलाई सरकारले बृहतर जनकपुरधाम बिकास परिषदको अध्यक्ष नियुक्त गरेको थियो ।


बृहतर जनकपुरधाम बिकास परिषद भित्रको बेथितिलाई अन्त्य गर्ने अभियानमा लागेका अध्यक्ष साहलाई पार्टीकै नेताहरुका आसोपासे लगाएर घेराबन्दी गर्न थालिएको स्रोतले जनायो ।

 

पार्टीको असहयोगका कारण आहत साह पार्टी अध्यक्ष माधव नेपालको जनकपुरमा आगमन हुदा समेत उनी कतै देखिएनन । माधव नेपालले साहलाई फोन गरेरै कार्यक्रममा सहभागि नभएको बारेमा सोधनी गरेको स्रोतले जनायो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.