logo

प्रदेश सरकारसँग दृढ दृष्टिकोण र इच्छाशक्ति नदेखिएको प्रदेश सभा सदस्यको आरोप

      12/30/2020 गते 00 00 मा प्रकाशित     1222   पटक पढिएको

प्रदेश २ सरकारसँग दृढ दृष्टिकोण र इच्छाशक्ति नभएको आरोप प्रदेश सभा सदस्यहरुले नै लगाएका छन् । जसले गर्दा प्रदेशमा पछौटेपन हटाउँदै जन चाहना अनुसार विकासका काम हुन नसकेको उनीहरुको ठहर  छ । 

 


वीरगञ्जमा आयोजित तन्नेरीसँग प्रदेश सभा सदस्य कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रल्हाद गिरी र भिमा यादवले २० वर्षदेखि थाति रहेको जनताको चाहना केही दिनमा पुरा नहुने बताउनु भयो । 


‘प्रदेश २ मा धेरै समस्या छ, तर जल, जंगल जमिन जस्ता प्राकृतिक स्रोत साधन र जनशक्ति छ । तैपनि शिक्षा, स्वास्थ्य, रोजगारी सृजना गर्न सकेन । सरकार सञ्चालन गर्ने अनुभवको कमी देखियो ।’ प्रदेश सभा सदस्य गिरीले भन्नु भयो “ ‘भाषणबाजीको काम गर्ने, एकैछिन ताली बजाईदिएपछि रमाउने किसिमका काम गर्ने, आधारभूत समस्या समाधानमा गर्न नजान्ने, सोच र ईच्छाशक्तिको अभाव देखियो ।’

 


उहाँले कर्मचारीहरु र केन्द्र सरकारले असहयोग गरेको, स्थानीय सरकारमा गैरराजनीतिक अनुभव र उद्देश्य स्पष्ट नभएका मानिस हल्लै हल्लामा जितेर आएको, तीन सरकारबीच समन्वयको अभाव देखिएकोे बताउनु भयो । तीनै  सरकार छाडा देखिएपनि नियन्त्रण गर्ने संयन्त्र नभएको उहाँको कथन छ । 


प्रदेश सभा सदस्य भिमा यादवले लामो समय जनप्रतिनीधि नहुँदा मान्छे छाडातन्त्रमा गईसकेको अवस्थामा उनीहरुलाई अंकुश लगाउन र नियन्त्रण गर्न नसकिएको बताउनु भयो  । सामाजिक विचारधारा नै परिवर्तन हुन नसकेकोले सामाजिक विभेद कायम रहेको उहााको भनाई छ । 
‘अझैपनि महिलालाई पहिलेको जमानामा जस्तै प्रताडित गर्ने, स्वतन्त्र भएर हिँड्न दिईदैन, लैंगिक हिंसा उत्तिकै छ उहाँले भन्नु भयो , ‘झ्याल ढोका खुल्ला राख्नुहुन्छ भने चोर त घरमा पसेर चोरीहाल्छन् नी मैले यो कुरा भन्दा नराम्रो लाग्ला तर मोबाईल टिभी, फिल्म र ड्रेसअपले गर्दा नै विकृति फैलिएको हो । ’ 

 

प्रदेशको नाम नराख्दा दुई नम्बरी प्रदेश भनेर जिस्क्याउँन कहिले नाम र राजधानीको टुंगो लगाउनुहुन्छ त ? भन्ने तन्नेरीको जिज्ञासामा यादवले 
‘अरुले वागमति प्रदेश, कर्णाली प्रदेश राखेका छन्, त्यसैगरि हामीले नारायणी प्रदेश राखेर भएन ? सोचीराखेका छौं, पाँच वर्षमा त अवश्य नाम राखिसक्छौं ?’ 


प्रदेश सभा सदस्य गिरीले नाम र राजधानीका लागि प्रयास गरेको भएपनि टुंगो नलागको र अब बस्ने संसद बैठकहरुमा छलफल हुने बताउनु भयो । 


युवा लक्षित काम गर्ने सोच आफूहरुको भएपनि जनस्तरबाट सडक, नाला, मठ मन्दिर धर्मशाला लगायतका भौतिक पूर्वाधार बनाईदिन माग आउने गरेको उनीहरुको भनाई छ । 


कार्यक्रममा सहभागी तन्नेरीहरुले प्रदेश २ मा लैंगिक हिंसा नियन्त्रणका लागि के कस्ता काम भईरहेको छ ? युवालाई लक्षित गरेर किन नराखेको ? प्रदेश विकासमा किन पछाडि छ ? जनचाहना अनुसार काम गर्न किन नसकेको लगायतका प्रश्न गरेका थिए । 


तन्नेरीहरुलाई गुनासो होईन, प्रश्न गर्ने बानीको विकास गराउन यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादवले बताउनु भयो  । प्रश्नले जनप्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाउने उहाँको भनाई छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.