logo

हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता छः उपाध्यक्ष घिमिरे

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ५ गते ०८: २५ मा प्रकाशित     318   पटक पढिएको

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध रहेको धारणा राख्नुभएको छ । 


नेपाल भ्रमणमा रहेको चीनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधीमण्डलले आयोजना गरेको अन्तरक्रिया  कार्यक्रममा आइतबार बोल्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीति प्रतिबद्ध रहेको धारणा ब्यक्त गरेकी हुन । 


‘नेपाल ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध छ , यसमा सधै स्पष्ट र अटल पनि छ ।’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै उपाध्यक्ष घिमिरे भनिन ‘हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता हो। यो प्रतिबद्धतामा हामी अडिग छौँ ।’ उनले  नेपाल र चीन असल मित्र र भरपर्दो साझेदारका रुपमा रहँदै आएको पनि बताउनुभयो ।  


व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधीमा चीनले हाँसिल गरेका उपलब्धिहरुबाट नेपाल पनि प्रत्यक्ष वा परोक्षरुपमा लाभान्वित हुँदै आएको चर्चा गर्दै उपाध्यक्ष घिमिरिेले नेपालका लागि चीनका बन्दरगाह सम्म पुग्ने वातावरण बनेको र  कोभिडका समयमा बन्द भएका सबै नाकाहरु सुचारु भएका कारण दुई देशका बिचको ब्यापार तथा सिमा क्षेत्रका नागरिकले आवतजावत गर्न सहज भएको बतइन  ।

 

उनले   पछिल्लो समयमा चीन र नेपालबीच सम्पन्न भएका विभिन्न सम्झौता र समझदारीहरूले रणनीतिक सडक सञ्जाल र राजमार्ग, हवाई मार्ग, रेलमार्ग र पारवहन सुविधा, र नवीकरणीय ऊर्जा विकास र विद्युतका प्रसारण लाईन बनाउने कुरामा महत्वपूर्ण उपलब्धी हासिल हुने बिश्वास लिएको बताइन । 


 चीन सहित नेपाल र ट्रान्स–हिमालयन क्षेत्रका देशहरू बीचको व्यापार, पारवहन र कनेक्टिभिटीलाई बढाउँदा यस क्षेत्रले महत्वपूण फड्को मार्न सक्ने धारणा राख्दै उपाध्यक्ष घिमिरेले नेपालले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारको ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारण ब्यक्त गरिन ।

 

उनले ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरू लगायतका ठूला परियोजनाहरूलाई नेपालले उच्च प्राथमिकताका योजनाहरूको रूपमा कार्यान्वयन गर्न चाहेको र  यस्ता पूर्वाधारहरू हिमालयन क्षेत्र र देशहरूलाई आपसमा जोड्न अत्यन्तै लाभदायक बन्ने बिश्वास पनि ब्यक्त गरिन ।  


कार्यक्रममा चीनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पनि बिचार ब्यक्त गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.