logo

हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता छः उपाध्यक्ष घिमिरे

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ५ गते ०८: २५ मा प्रकाशित     430   पटक पढिएको

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध रहेको धारणा राख्नुभएको छ । 


नेपाल भ्रमणमा रहेको चीनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधीमण्डलले आयोजना गरेको अन्तरक्रिया  कार्यक्रममा आइतबार बोल्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीति प्रतिबद्ध रहेको धारणा ब्यक्त गरेकी हुन । 


‘नेपाल ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध छ , यसमा सधै स्पष्ट र अटल पनि छ ।’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै उपाध्यक्ष घिमिरे भनिन ‘हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता हो। यो प्रतिबद्धतामा हामी अडिग छौँ ।’ उनले  नेपाल र चीन असल मित्र र भरपर्दो साझेदारका रुपमा रहँदै आएको पनि बताउनुभयो ।  


व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधीमा चीनले हाँसिल गरेका उपलब्धिहरुबाट नेपाल पनि प्रत्यक्ष वा परोक्षरुपमा लाभान्वित हुँदै आएको चर्चा गर्दै उपाध्यक्ष घिमिरिेले नेपालका लागि चीनका बन्दरगाह सम्म पुग्ने वातावरण बनेको र  कोभिडका समयमा बन्द भएका सबै नाकाहरु सुचारु भएका कारण दुई देशका बिचको ब्यापार तथा सिमा क्षेत्रका नागरिकले आवतजावत गर्न सहज भएको बतइन  ।

 

उनले   पछिल्लो समयमा चीन र नेपालबीच सम्पन्न भएका विभिन्न सम्झौता र समझदारीहरूले रणनीतिक सडक सञ्जाल र राजमार्ग, हवाई मार्ग, रेलमार्ग र पारवहन सुविधा, र नवीकरणीय ऊर्जा विकास र विद्युतका प्रसारण लाईन बनाउने कुरामा महत्वपूर्ण उपलब्धी हासिल हुने बिश्वास लिएको बताइन । 


 चीन सहित नेपाल र ट्रान्स–हिमालयन क्षेत्रका देशहरू बीचको व्यापार, पारवहन र कनेक्टिभिटीलाई बढाउँदा यस क्षेत्रले महत्वपूण फड्को मार्न सक्ने धारणा राख्दै उपाध्यक्ष घिमिरेले नेपालले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारको ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारण ब्यक्त गरिन ।

 

उनले ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरू लगायतका ठूला परियोजनाहरूलाई नेपालले उच्च प्राथमिकताका योजनाहरूको रूपमा कार्यान्वयन गर्न चाहेको र  यस्ता पूर्वाधारहरू हिमालयन क्षेत्र र देशहरूलाई आपसमा जोड्न अत्यन्तै लाभदायक बन्ने बिश्वास पनि ब्यक्त गरिन ।  


कार्यक्रममा चीनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पनि बिचार ब्यक्त गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.