logo

जनकपुरमा ओली पक्षको शक्ति प्रर्दशन, दाहाल नेपाल पक्षको दलको नेतामा महतो चयन

      1/5/2021 गते 00 00 मा प्रकाशित     1115   पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली ले नेतृत्व गर्नु भएको नेकपाले जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।

जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रर्दशन गरिएको थियो । 

नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल पक्षले जनकपुरधाममा शक्ति प्रदर्शन गरेपछि आज ओली पक्षले शक्ति प्रदर्शन गरेको हो । प्रर्दशनमा सहभागी हुनकालागि धनुषाका गाउँ गाउँबाट कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु जनकपुर आएका छन ।

 

जनकपुरमा रहेको पार्टी कार्यालयभएको आम सभालाई पार्टीका स्थायी कमिटी सदस्य इश्वर पोख्रेल,महिला तथा बालबालिका मन्त्री जुली महासेठ, कानून मंत्री लिला श्रेष्ठ पार्टीका प्रदेश अध्यक्ष एवं शहरी बिकासमंत्री प्रभु साह लगायतका नेताहरुले सम्बोधन गरेका छन ।

 


अहिले समाज रुपान्तरण र देश विकासका लागी मुलुकमा प्राप्त उपलब्धिहरुको रक्षा एवं विकास गर्दै लोकतन्त्रको सबैभन्दा सुन्दर गहना ताजा जनादेश मार्फत अग्रगमनको दिशामा निरन्तर दृढतापूर्वक अगाडि बढ्नुपर्ने  नेताहरुले बताएका थिउ ।

 

नेताहरुले पार्टी सुदृढ़ीकरण गर्दै प्रतिनिधिसभा निर्वाचनको मजबूत तयारी गर्नको लागि आमसभाको आयोजना गरिएको बताएका थिए । 

 

नेकपा दाहाल नेपाल पक्षको  प्रदेश २ का संसदीय दलको नेतामा शत्रुधन महतो निर्विरोध चयन हुनु भएको छ । नेकपाकै सत्यनारायण मण्डललाई हटाएर महतोलाई चयन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो ।

निर्वाचन कार्यक्रम अन्तर्गत मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेकाले निर्विरोध चयन गरिएको निर्वाचन संयोजक जगतप्रसाद यादवले जानकारी दिनु भयो  ।

प्रचण्ड–नेपाल पक्षको प्रस्तावमा महतोलाई संसदीय दलको नेतामा चयन गरिएको छ । महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर समेत संकलन गरिएको उपनेता रामकुमार यादवले जानकारी दिनु भयो । प्रदेशमा नेकपाका ३२ जना सांसद छन् ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.