logo

बहुदरमाईको प्रथामिकता रोजगारी प्रर्वद्धन र कागजरहित सेवा, पचास करोडको बजेट बिनियोजन

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ८ गते ०४: ४३ मा प्रकाशित     342   पटक पढिएको

बीरगंज । बहुदरमाई नगरपालिकाको ११ औ नगरसभामा बिहिवार सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षकालागि करिब पचास करोड रुपैया बिनियोजन गरेको छ । सभामा  उपप्रमुख सुष्मा कुशवाहाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।

 

उनले बहुदरमाई नगरपालिकाले शहरी पूर्वाधार निर्माण,कृषि तथा पर्यटन स्वास्थ्य सेवा , रोजगारी प्रर्वद्धन तथा कागजरहित सेवालाई आफनो आगामी वर्षको प्रथामिकतामा राखेको उल्लेख गरिन । 


नीति तथा कार्यक्रममा राखिएका प्रथामिकता पुरा गर्नकालागि नगरपालिकाले संघ ,प्रदेश , नीजि क्षेत्र अन्तराष्ट्रिय जगत संग सहकार्य र साझेदारी गर्ने नीति लिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका माध्यमले नागरिकलाई आधारभूत सेवा प्रवाहमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने नीति तथा कार्यक्रममा उल्लेख छ । 


उपप्रमुख कुशवाहाले चालु आर्थिक बर्ष ०८१ /८२ को लागि ४९ करोड ९३ लाख ३३ हजारको बजेट सर्बजनिक गरिन ।

 

‘बहुदरमाई बासीको रहर स्वच्छ सुन्दर सरक्षित समृद्ध नगर’ भन्ने दिर्घकालिन आंकक्षा पुरा गर्न मजेट महत्वपूर्ण हुने उनले बताइन ।

 

बजेटमा संघीय सरकार समानिकरण अनुदानबाट १२ करोड २९ लाख,संघीय सरकार सर्शत अनुदान १९ करोड २९ लाख ९ हजार,संघीय सरकारको विशेष अनुदानबाट १ करोड ५० लाख , राजस्व बाँडफाड ९ करोड ७१ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरि प्रदेश सरकार समानिकरण अनुदान ८९ लाख ४ लाख,सर्शत अनुदानबाट ९५ लाख, विशेष अनुदान ३० लाख,समपुरक अनुदान २० लाख र राजस्व बाँडफाडबाट ३० लाख ४० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

 

नगरपालिकाको आन्तरिक स्रोत ३ करोड ५४ लाख ६० हजार प्राप्त हुनेछ ।यसैगरि बजेटमा जिल्ला समन्वय समिति तथा अन्य निकाय बाट निकास मौज्दात ४९ लाख ८४ हजार,स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत  ५० लाख,सडक बोर्ड सशर्त अनुदान ४० लाख प्राप्त हुनेछ ।

 

 नगर सभा नगरपालिकाका मेयर सिङ्गासन साह तेलीको अध्यक्षतामा भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत महम्द शेरे मुस्तुफाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रममा नगरपालिकाका नौ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।बजेट बाँडफाँटको विषय लाई लिएर पटकपटक स्थगित हुदै आएको नगरसभा आर्थिक बर्ष शुरु भएको चार महिना पछि सम्पन्न भई बजेट आएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.