logo

पोखरियामा नेकपाको नगरस्तरीय भेला सम्पन्न, हरिनारायण रौनीयारका भाई राजेश रौनीयार नेकपामा प्रवेश

      1/10/2021 गते 00 00 मा प्रकाशित     987   पटक पढिएको

नेकपा पर्साका अध्यक्ष प्रभू हजराले नेकपाका अध्यक्ष एवं प्रधानमंत्री के.पी.ओलीको लोप्रियताबाट तर्सिएकाहरुले पार्टी भित्रैबाट षडयन्त्र गर्दा संसद बिघठनको निर्णय भएको बताउनु भएको छ । पार्टीको पोखरियामा सम्पन्न नगरस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष हजराले प्रचण्ड र माधव समुहका कारण मुलुक अस्थिरता तर्फ गएको दावी गर्नु भयो । 


पार्टीको केन्द्रीय सदस्य समेत रहनु भएका हजराले उहाँले देशलाई जोगाउन प्रधानन्त्री ओलीले सदन बिघटन गरेको दावी समेत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभाका सदस्य राजकुमार गुप्ताले प्रचण्ड माधव समुहले पद ,पावर र पैसाको  लागि नेकपालाई बिभाजन गरेको दावी  गर्नुभयो ।

 

पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका गुप्ताले लोकतन्त्रको रक्षाको लागि निर्वाचन आवश्यक रहेको बताउदै गुप्ताले अगामी बैशाखमा हुने निर्वाचनमा भाग लिन समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

नेता गुप्ताले ओली सरकारका कारण देशमा बिकाशको लहर आएको बताउनुभयो । गुप्ताले तराई ,पहाड र हिमाल चारै तिर अहिले बिकाश निर्माणको कार्यले गति लिएको बताउदै नेपालको ईतिहासमा प्रधानमन्त्री ओलीजति अरु कोई प्रधानमन्त्री सफल नभएको दावी समेत गर्नुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताले प्रचण्डको निजी स्वार्थका कारण पार्टी बिभाजन भएको आरोप लगाउनुभयो । उहाँले महान जनयुद्ध बाट प्राप्त उपलब्धीलाई पनि प्रचण्डले स्वार्थका कारण बचाउन नसकेको दावी गर्नुभयो ।

 

उहाँले देशमा प्रधानमन्त्री ओलीको बिकल्प नरहेको समते ठोकुवा गर्नुभयो । काँग्रेस र मधेशवादीहरु अवसरवादी भएको बताउदै अगामी चुनावमा त्यस्ता पार्टीलाई तह लगाउनु पर्ने कुरामा नेता गुप्ताले जोड दिनुभयो ।  

कार्यक्रममा नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरि राजेश रौनियार,राजकिसोर कुर्मी,मनिर आलम लगायत ३०जना नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन । 

कार्यक्रमा संबिधान सभा सदस्य एवं केन्द्रीय सदस्य जयप्रकाश थारु, निर्मला  देवकोटा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, नेकपा नेता राजदेव दास, बिन्ध्याँचल ठाकुर, जोगिन्द्र साह, शम्भु पाल,हनिफ अंसारी,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष एवं जिल्ला कमिटी सदस्य श्याम बन्जारा लगायतले धारणा राख्नुभएको थियो ।

 

कार्यक्रममा  केन्द्रीय सदस्य बिना शर्मा, जिल्ला कमिटी सदस्य अनुप तिवारी, श्याम गुप्ता,युवा नेता यशवन्त यादव,अकलेश साह संतोष पासवान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रमोद गिरीले गरेका थिए भने सहजीकरण नगर कमिटी सदस्य दिनेश  चौहानले गरेका थिए । असअघि कार्यक्रम शुरु हुनु अघि नेकपाका नेता कार्यकर्ताहरुले पोखरीया बजार समेत परिक्रमा गरेक  थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.