logo

रबिलाइ फेरि म्याद थपे अनशन बस्ने रास्वपा पर्साको चेतावनी

 इसीमाना सम्बाददाता     २०८१ कार्तिक २८ गते ०७: २९ मा प्रकाशित     397   पटक पढिएको

बीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले प्रधानमन्त्री के.पी.ओलीलाई अनशन बस्ने चेतावनी सहित बुधवार ज्ञापन पत्र पठाएको छ । ज्ञापन पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत पठाएको हो ।

 

 पार्टीले, अध्यक्ष लामिछाने पक्राउको बिरोध प्रर्दशन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको हो ।

 

आफना अध्यक्ष रबी लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरु अनशनमा बस्ने पार्टीका पर्साका सभापति हरि पन्तले बताए । 


पार्टीले अध्यक्ष लामिछाने पक्राउको बिरोध प्रर्दशन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको हो ।


 रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निस्केको जुलुसमा सान्केतिक रुपमा  रबि लामिछानेलाई निर्दोश हुँदा हुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गरिएको थियो ।

 

  साथै  प्रधानमन्त्री केपी ओली र नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाको फोटोको  समेत मुखुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि प्रर्दशनकारी र प्रहरीवीच  घम्सा घम्सी भएको थियो ।  

 

जुलुस नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएर घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

कोणसभामा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादब ,  प्रदेश सदस्य पुर्षोतम उपाध्याय , क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र ,फैयाद मिया ,पालिका सभापती चन्दन गुप्ता लगायतले मन्तव्य  ब्यक्त गरेका थिए।  

 

जुलुस र कार्यक्रममा अत्यन्तै उत्साह जनक उपस्तिथि रहेको र रबि लामिछाने अझ पनि हिरासतमा  राखी रहे अब देश रबिमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए ।

 

उनले भने अब देश र जनताले  रबि निर्दोष भएको छर्लङ्ग बुझी सकेकोले नै जनता रबिको पक्षमा उर्लिएको बताए ।

 

कार्यक्रममा पुर्ब सभापति दिलिप कुर्मी , उपसन्योजक तुलशा अधिकारी ,प्रदेश सदस्य सुदिश प्रजापति ,सब्बु कंडेल शिक्षा बिभागका सोनालाल पटेल , पालिका सभापतिहरु माधब बस्नेत , उमेश गुप्ता ,प्रदिप पटेल र पुर्ण सापकोटा लगायतको उपस्थित रहेको थियो भने कोणसभाको सहजीकरण संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.