logo

प्रेस सेन्टर नेपाल पर्साको अध्यक्षमा यादव सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८१ पौष १९ गते ०९: ३४ मा प्रकाशित     319   पटक पढिएको

वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल पर्साको अध्यक्षमा शिवनाथ यादव सर्वसम्मत चयन भएका छन् ।

शुक्रवार वीरगञ्जमा सम्पन्न प्रेस सेन्टर पर्साको छैटौँ अधिवेशनले यादवको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

सेन्टरको उपाध्यक्षमा कृष्ण मोहन साह, महिला उपाध्यक्ष समिना रञ्जितकार, सचिवमा अजित कुमार भुजेल, सहसचिवमा विदुर गौतम, समावेशी सहसचिवमा रञ्जित यादव र कोषाध्यक्षमा सञ्जित गुप्ता रहेका छन् ।

May be an image of 8 people and text

यसैगरी सदस्यमा रितेन्द्र झा, माधव तिमल्सिना, बलिराम यादव, प्रणय साह, दीपेन्द्र प्रसाद, आनन्द साह, मेघराज थारु, विशाल पटेल, सन्जोग गिरी, सन्तोष कुशवाहा लगायतका रहेका छन् ।

प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा सेन्टरका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटाको प्रमुख आतिथ्ययतामा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने, केन्द्रीय सदस्य राजु बिश्वकर्मा,मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,निर्वतमान केन्द्रीय सचिव दीेपेन्द्र चौहान नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिजय महतो सेन्टरका केन्द्रीय नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले अधिवेशन सफलताकोलागि शुभकामना ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.