logo

फेडेरेसनको महाधिवेशनको मिति तय ,रिटर्नीहरुको राजनीतिक, सामाजिक र आर्थिकका कामलाई गती दिइने

 इसीमाना सम्वाददाता     २०८१ पौष २० गते ०६: ४७ मा प्रकाशित     245   पटक पढिएको

काठमाण्डौं । रिटर्नी फेडेरेसनले आफ्नो दोश्रो राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ गते हुने भएको छ ।


पौष १९ गते वसेको फेडेरेसनको केन्द्रीय सचिवालयको २९औं बैठकले महाधिवेशनको मिति तय गरेको हो  ।

 अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सातवटै प्रदेश कमिटीका अध्यक्षहरु र सबै आयोग अध्यक्षहरुको समेत सहभागिता रहेको वैठकले चैत्र १५ र १६ मा दोश्रो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने अध्यक्ष अधिकारीको प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।

यस अघि २०७९ चैत्र ११ र १२ मा फेडेरेसनको प्रथम महाधिवेशन काठमाण्डौमा सम्पन्न भएको थियो । फेडेरेसनको विधानले प्रत्येक २ बर्षमा महाधिवेशन आयोजना हुने व्यवस्था गरेको छ ।
 
बैठक नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा फेडेरेसनका ईन्चार्ज डा. कृष्ण बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै  के.सी.ले फेडेरेसनका  सबै कमिटीको अधिवेशन समयमै सम्पन्न गर्न जिम्मेवारी भित्र रहेका सबैले संबेदनशिल भएर बाँकी रहेको समयमा भरपुर योगदान गर्नुपर्नेमा जोड दिए ।


बैठकले विधान संसोधन प्रस्ताव उपसमितिको संयोजकमा अनुशासन आयोगका अध्यक्ष समेत रहेका दिलकिरण खजुम र महाधिवेशन निर्देशिका निर्माण उपसमितिको संयोजकमा कार्यवाहक महासचिव भरत शिवाकोटीलाई  जिम्मेवारी तोकेको छ ।

बैठकमा अध्यक्ष अधिकारीले संगठनले अघि सारेको उद्यमशीलता सहितको राजनीतिको मूलबाटो कार्यान्वयनको लागि स्थापना दिवसको सन्दर्भ पारेर पौष १५ गते बिशेष समारोहका विच घोषणा गरिएको सहयोगी ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष घनस्याम पाण्डेको नेतृत्वमा रहेको ९ सदस्यिय संचालक समितिलाई शुभकामना प्रदान गरेको छ ।

 

 रिटर्नीहरुको राजनीतिक, सामाजिक र आर्थिक समायोजनका तीनवटै क्षेत्रका कामलाई गति दिने समेत बैठकले निर्णय गरेको छ  ।

 

उनले  रिटर्नी फेडेरेसन, रिटर्नी नेटवर्क र सहयोगी ईन्भेष्टमेन्ट कम्पनी लि. समग्र रिटर्नी अभियानको ओदानका तीनवटा खुट्टाको रुपमा लिएर अघि बढ्नु आजको आवस्यकता, जिम्मेवारी र न्यूनतम साँगठनिक दायित्व ठहर्ने हुदा यसैको आधारमा तीनवटा निकायवीचको अन्तरसम्बन्ध स्थापित गर्दै संगठनमा आवद्ध सबै सदस्यहरु तीनवटै अभियानमा अनिवार्य जोडिएर अघि बढ्न निर्देशन दिए ।


बैठकले केहि आयोगमा रिक्त रहेको पदपूर्ति गर्नुका साथै सदस्यता विस्तारसंग जोडिएका संगठनका सबै विषयलाई माघ १५ सम्मको लागि निरन्तरता दिने निर्णय समेत गरेको छ । यतिवेला फेडेरेसनको स्थानिय तह कमिटी र जिल्ला कमिटीका अधिवेशन धमाधम आयोजना भैरहेका छन् ।

 

 फेडेरेसनले एक महिना महाधिवेशन तयारीका लागि समय व्यवस्थापन गर्दै त्यस अघि जिल्ला र प्रदेश कमिटीका सबै अधिवेशन सम्पन्न गरिसक्ने योजना अघि सारेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.