काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगिएको छ ।
आइतवार काठमाडौं जिल्ला अदालतमा उनी बिरुद्धको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो ।
उनलाई भर्खरै काठमाडौं जिल्ला अदालतबाट प्रहरीले लगेको छ । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जानकारी दिएको छ ।
सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
तपाईको प्रतिक्रिया