logo

संबिधान संशोधन मार्फत निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक छः मन्त्री क्षेत्री

 इसीमाना सम्वाददाता     २०८१ माघ १ गते ०४: ०५ मा प्रकाशित     457   पटक पढिएको

बीरगंज । मधेश सरकारका भूमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले संबिधान संशोधन आवश्यक भएको बताए ।

 

मंगलवार बीरगंजमा स्व गोपालको स्मृतिमा स्थापित स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

 

नेपाली कांग्रेस पर्साको सभापति समेत रहेका मन्त्री क्षेत्रीले संबिधान संशोधन नभए अहिले भएको निर्वाचन प्रणालीका कारण भोली पनि कसैको बहुमत नआउने ठोकुवा गरे ।

 

उनले बहुमत नआउदा राजनीतिक स्थीरता कायम नहुने चर्चा गर्दै समानुपातिक प्रणालीलाई कायम राख्दै संबिधान संशोधन आवश्यक रहेको बताए ।

 

उनले समानुपातिक प्रणालीलाई कायम राख्दै निर्वाचन क्षेत्र नै आरक्षीत गरेर अगाडि बढनु पर्ने बताए । उनले यो बिषयलाई आन्दोलनको उपलब्धीलाई समाप्त पार्न खोजियो भन्ने जुन बहस शुरु भएको छ त्यसमा सत्यता नभएको उनले प्रष्ट पारे ।

 

उनले अहिले संघ र प्रदेशमा सरकार परिर्वतनका खेल भइरहेको देखिएको बताउदै संबिधान संशोधन नभए मन्त्री बनाउने फ्रयाक्ट्रीको रुपमा यो संरचना चित्रित हुने बताए ।

 

मन्त्री क्षेत्रीले पाँच वर्षमा सबै सासँदहरु मन्त्री बन्ने अहिलेको निर्वाचन प्रणालीको दुर्वल पक्ष रहेको बताए । 


उनले कृषिमा उन्नत जातको बिउ बिजन र प्रविधिको प्रयोगको कुरा ०४८ देखी उठाउदै आएको स्मरण गरे उनले भने म जिल्लाको सभापति हुदा पनि यही भन्दै आएका थियौ अहिले पनि यस्तै भन्दै आएका छौ ” ।

 

मंन्त्रालयले कृषिमा गुणात्मक फड्को मार्नकालागि कानूनको निर्माण र ब्यवस्थित योजनाको निर्माणको चरणमा रहेको उनले बताए । 


उनले सहकारीलाई नियमन गर्नकालागि मन्त्रालयले काम गर्दै छ । बीरगंजका दुई सहकारी पनि बदमासी गरेकोले कारवाहीको प्रक्रियामा रहेको बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.