प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरु पार्टी परित्याग गरि नेकपा एमालेमै रहने भएका छन ।
सर्वोच्च अदालतले नेकपा खारेजी गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताएसँगै माओवादी केन्द्रका ५ जना प्रदेशसभा सदस्यहरु एमालेमै रहने भएका हुन ।
प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिर एमालेमा रहने भएका हुन । पार्टी बिभाजन पछि उनीहरु प्रधानमंत्री के.पी ओलीको नेतृत्वको नेकपामा संगठीत हुनु भएको थियो ।
नेकपा एमालेका महासचिव तथा उपप्धानमंत्री ईश्वर पोख्रेलसंग बीीरगंजमा आज साँझ कुरा गर्दै माओवादीबाट निर्वाचित भएका प्रदेश सभा सदस्यहरुले आफूहरु माओवादीमा नफर्किने जानकारी गराएका थिए ।
प्रदेशसभा सदस्य ज्वाला साह, महोम्मद समिम र कुन्दन कुशवाहाले महासचिव पोख्रेललाई यस्तो जनाउ दिनु भएको हो । पाँचै जना प्रदेश सभा सदस्यहरु शहरी बिकास मंत्री प्रभू साह संग नजिक रहेका छन ।
तपाईको प्रतिक्रिया