logo

२७ औं स्थापना दिवसको अवसरमा घण्टाघरमा प्रेस चौतारी नेपालको दीप प्रज्वलन

 इसीमाना सम्वाददाता     २०८१ माघ २२ गते ०९: ०७ मा प्रकाशित     441   पटक पढिएको

वीरगन्ज । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा मंगलवार वीरगंजको घण्टाघरमा दीप प्रज्वलन गरिएको छ । प्रेस चौतारी नेपाल पर्साका सचिव राकेश साहको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपाल मधेश प्रदेशका सह इन्चाज एवं नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारको हक–अधिकार तथा पेशागत क्षमता अभिवृद्धिका लागि चौतारी सदैव अगाडिबढ्ने धारणा राखे ।

 

उनले नेपालको विभिन्न कालखण्डमा पत्रकारहरुले खेलेको भूमिकाको चर्चा गर्दै पत्रकारको पेशागत सुरक्षाको लागि सरकारले विशेष कदम चाल्नु पर्ने धारणा राखे । उनले वर्तमान समयमा संचारकर्मीलाई समाचार लेखेकै भरमा विभिन्न माध्यमबाट धाकधम्की आउने गरेको र समाचार लेखेकै भरमा संचारकर्मीहरुले मुद्धा खेप्नु परेको घटनाहरुलाई नियन्त्रण गर्न सरकारसँग माग गरे ।

अध्यक्ष बन्जाराले प्रेस चौतारी नेपालमा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई शुभकामना दिदै एकढिक्का भएर चौतारीलाई थप बलियो बनाउन समेत आग्रह गरे । उनले श्रमजिवी पत्रकारहरुको हकहितको लागि चौतारीले सदैव नेतृत्वदावी भूमिका खेल्ने जानकारी दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने,  प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, प्रेस चौतारी नेपालका नेतृ कविता खड्का, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष निलम पन्त, सह–सचिव धनञ्जय मिश्र प्रेस चौतारी नेपाल मधेश प्रदेशका सदस्य निरन्जन मिश्र, पुष्प तिमिल्सीना , आरोहण साह, नेपाल पत्रकार महासंघका सहसचिव ऐस.के. चौरसिया, राजन रौनियार,  कन्हैया गुप्ता, शैलेश कशुवाहा, युवराज खड्का, शेख सहजाद्द, किरण सत्याल लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.