logo

२७ औं स्थापना दिवसको अवसरमा घण्टाघरमा प्रेस चौतारी नेपालको दीप प्रज्वलन

 इसीमाना सम्वाददाता     २०८१ माघ २२ गते ०९: ०७ मा प्रकाशित     304   पटक पढिएको

वीरगन्ज । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा मंगलवार वीरगंजको घण्टाघरमा दीप प्रज्वलन गरिएको छ । प्रेस चौतारी नेपाल पर्साका सचिव राकेश साहको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपाल मधेश प्रदेशका सह इन्चाज एवं नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारको हक–अधिकार तथा पेशागत क्षमता अभिवृद्धिका लागि चौतारी सदैव अगाडिबढ्ने धारणा राखे ।

 

उनले नेपालको विभिन्न कालखण्डमा पत्रकारहरुले खेलेको भूमिकाको चर्चा गर्दै पत्रकारको पेशागत सुरक्षाको लागि सरकारले विशेष कदम चाल्नु पर्ने धारणा राखे । उनले वर्तमान समयमा संचारकर्मीलाई समाचार लेखेकै भरमा विभिन्न माध्यमबाट धाकधम्की आउने गरेको र समाचार लेखेकै भरमा संचारकर्मीहरुले मुद्धा खेप्नु परेको घटनाहरुलाई नियन्त्रण गर्न सरकारसँग माग गरे ।

अध्यक्ष बन्जाराले प्रेस चौतारी नेपालमा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई शुभकामना दिदै एकढिक्का भएर चौतारीलाई थप बलियो बनाउन समेत आग्रह गरे । उनले श्रमजिवी पत्रकारहरुको हकहितको लागि चौतारीले सदैव नेतृत्वदावी भूमिका खेल्ने जानकारी दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने,  प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, प्रेस चौतारी नेपालका नेतृ कविता खड्का, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष निलम पन्त, सह–सचिव धनञ्जय मिश्र प्रेस चौतारी नेपाल मधेश प्रदेशका सदस्य निरन्जन मिश्र, पुष्प तिमिल्सीना , आरोहण साह, नेपाल पत्रकार महासंघका सहसचिव ऐस.के. चौरसिया, राजन रौनियार,  कन्हैया गुप्ता, शैलेश कशुवाहा, युवराज खड्का, शेख सहजाद्द, किरण सत्याल लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.