राष्ट्रपती बिद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई नेपाल सरकारको मुख्य कानूनी सल्लाहकारको रुपमा नियुक्त गर्नु भएको छ ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गर्नु भएको थियो।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडालाई महान्यायाधिवक्ता नियुक्त गरेको उच्च स्रोतले जनाएको छ ।
पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो प्रचण्ड माधव पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिनु भएको थियो । बडालले निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गर्नु भएको थियो ।
अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।हुनुहुन्छहुन् । श्रम कानूनका विज्ञ बडालको सम्बैधानिक कानूनमा पनि उत्तिकै दखल छ ।
तपाईको प्रतिक्रिया