वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वडा नं १८ भवानीपुरमा रहेको स्वासथय चौकी तथा बिदालयको अनुगमन गर्नु भएको छ ।
अनुगमनका क्रममा उहाँले विद्यालयहरु समयमा खुल्छ खुल्दैन, पठनपाठन नियमित भएको छ कि छैन ? स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवाहरु सहज ढंगबाट भएको छ कि छैन भन्नेबारेमा चासो लिनु भएको थियो ।
उहाँले नागरिकलाई दिइने सेवा सुलभ र प्रभावकारी बनाउन निर्देशन समेत दिनु भयो । महानगरपालिका प्रमुख सरावगी औपचारिक कार्यक्रम बाहेक अनुगमन र निरीक्षणका कामलाई पनि निरन्तरता दिनु भएको छ ।
महानगरप्रमुखको अनुगमलाई स्थानीय नागरिकले भने प्रशंसा गरेका छन । यसैगरि आजै
महानगरपालिकाको वडा नम्बर ९ मा अनुगमन गरेर विभिन्न समस्याहरुको बारेमा जानकारी लिनुभएको छ ।
अनुगमनका क्रममा नगरक्षेत्रमा जथाभावी फोहोर फालिएको पाईएको र त्यसलाई व्यावस्थापन गर्न समेत निर्देशन दिनुभयो । उहाँले वडा नम्बर ९ को ढलनाला खाली स्थानमा थुपारिएको फोहोर व्यावस्थापनका लागि निर्देशन दिनु भएको छ ।
ढलनालामा जथाभावी फोहोरहरु फाल्ने गर्दा नाला जाम हुने र बर्षातमा पानी जमेर महानगरपालिका डुबानमा पर्ने गरेकोले त्यसलाई समयमा नै व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले शहरलाई सुन्दर सफा राख्न नागरिकको सहयोग आवश्यक रहेकोमा जोडदिनु भयो
तपाईको प्रतिक्रिया