logo

विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा संरक्षण र प्रबर्द्धन गर्न सरकार पछि हट्न मिल्दैनः मन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८१ फागुन ७ गते ०८: २७ मा प्रकाशित     363   पटक पढिएको

                           जिल्ला अध्यक्ष अर्जुन श्रेष्ठलाई प्रमाणपत्र प्रदान गर्दै मन्त्री लेखीः तस्विर उत्तम आचार्य

कञ्चनरूप । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले विभिन्न जातिको धर्म, संस्कृति भेष भुषा तथा भाषा, देशको गहना भएको बताएका छन ।

 

उनले संस्कृति भेष भुषा तथा भाषाको संरक्षण र प्रबर्द्धन गर्ने सरकार पछिहट्न  नमिल्ने बताएका छन । 


नेवाःदेय् दबू सप्तरी जिल्ला तथा नगरसमितिका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले यस्तो बताएका हुन् । 


सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित बस्तीपुरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री लेखीले देशमा विभिन्न जातजातिको संस्कार र संस्कृति संरक्षण गर्ने दायित्व राज्यको भएको बताए  ।

 

उनले संबिधानले नै यस्तो प्रवन्ध गरेको चर्चा गर्दै   तीनै तहको सरकारले सबै जातजातिको पहिचान र संस्कृति जगेर्नाका लागि बजेट विनियोजन गर्नुपर्ने बिचार ब्यक्त गरे ।  


मन्त्री लेखीले स्वायत्त प्रदेश, क्षेत्र र इलाका गठन अझै गर्न सकिएको छैन, संविधानले ग्यारेन्टी गरेको हक कार्यान्वयन नहुँदा जनताको अझै श्रोत साधनमा सहज पहुँच पुग्न सकेको उल्लेख गरे ।’


विभिन्न कठोर आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि थप सङ्घर्ष गर्नुको विकल्प नरहेको उनको भनाई छ  । 


सपथग्रहण कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सदस्य दक्ष नारायण श्रेष्ठ, नेपाल मगर सङ्घ सप्तरीकी अध्यक्ष साधना राना , मधेस प्रदेश अध्यक्ष तिलकमान श्रेष्ठ, नेवाः देय् दबू सप्तरीका पूर्व अध्यक्ष जित बहादुर श्रेष्ठ, पूर्व प्रधानाध्यापक नागेन्द्र श्रेष्ठ, नेवाः देय् दबू सप्तकोशी नगरपालिका अध्यक्ष विनोद श्रेष्ठ , नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज ) मधेस प्रदेशका महासचिव बृजमान तामाङ, नेपाल आदिवासी जनजाति महासङ्घ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान  लगायतले नवनिर्वाचित जिल्ला तथा नगर समितिका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे थिए ।

भने नेवाः देय् दबू सप्तरीका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.