logo

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

 इसीमाना सम्बाददाता     २०८२ बैशाख ४ गते ०६: २८ मा प्रकाशित     292   पटक पढिएको

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।

 

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार आचार्यसहित ६ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

 

समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक दिपक थापाले बिहीबार जारी गरेको बढुवा सिफारिस सूचीमा आचार्यसँगै ६ जनालाई बढुवा सिफारिसमा परेका छन।

 

यसरी सिफारिस हुनेमा केन्द्रिय अनुसन्धान ब्यूरो लाजिम्पाट,काठमाडौंका चन्द्र कुबेर खापुङ, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाका लालमणि आचार्य, बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका कृष्णहरी शर्मा पोखरेल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका दान बहादुर कार्की, कोशी प्रदेश प्रहरी कार्यालय, मोरङका राजन अधिकारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका डा. मनोज कुमार के.सी. रहेका छन् ।

suchi.png

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

शसस्त्र प्रहरीमा एआइजी बढुवा प्रकरण “बोल्नेको पिठो बिक्ने नवोल्नेको चामल नबिक्ने ”उखाँन चरितार्थ गर्ने कोशीस जारी

वीरगंज । सशस्त्र प्रहरीमा एआइजी बढुवामा ठुलो चलखेलको आशंका बढेको छ । सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए।

आँखादान मानवीय कर्तव्य होः महानगरप्रमुख सिंह

वीरगंज । “ दृष्टिविहीनका लागि दृष्टि”भन्ने नाराका साथ वीरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् वीरगंजले जनजागृत कार्यक्रम सञ्चालन गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.