logo

प्रधानमंत्रीले राखेको प्रस्तावको बिपक्षमा मतदान गर्न सभापति देउवाको अपिल

      5/10/2021 गते 00 00 मा प्रकाशित     877   पटक पढिएको

सरकार संचालन गर्नेहरुबाट संघीयता र संबिधान सुरक्षीत नरहेको नेपाली कांग्रेसका संसदीय दलका नेता शेर बहादुर देउवाले बताउनु भयो  । प्रधानमंत्रीले बिश्वासको मत सम्बन्धमा संसदमा राख्नु भएको प्रस्तावको बिषयमा छलफलमा भाग लिदै नेता देउवाले संबिधान जारी भएपछि नेकपा एमाले र नेकपा माओावदीको गठबन्धनले दुई तिहार्य मत पाएको स्मरण गर्नु भयो ।

 

नेता देउवाले तीन वर्षमा बिश्वासको मत लिन आउनु पर्ने अवस्था बन्यो यसको दोषी को भन्दै यसको दोष प्रधानमंत्रीम जाने बताउनु भयो । उहाँले आफूहरु आलोचीत हुदै पनि  जहिले पनि रचानात्मक सहयोग गर्दै आएको बताउनु् भयो । दोष अरुलाई दिएर प्रधानमंत्री उम्किन पाउनुहुन्छ ? भन्ने प्रश्न गर्दै प्रधानमंत्री के.पी.ओलीको सरकार पूर्णतया असफल भएको बतानउनु भयो । उहाँले छातीमा हात राखेर सोच्न आग्रह गर्दै भन्नु भयो  यो अवस्थाको जिम्मेवार प्रधनामत्री आफै होइन ।

 

उहाँले कोभिडका कारण जनता उपचार नपाएर तडपिरहेका छन तर सरकारले नियन्त्रणकोलागि कुनै काम गर्न सकेको छैन । पटक पटक ध्यानाकर्षण गराउदा समेत सरकारले सुन्न चाहेन । खोपको ब्यवस्था गरेको छैन त्यसैले नेपाल कोभिड १९ को उच्च जोखिममा राखिएको छ । यस्तो अवस्था आउनुमा सरकार दोषी रहेको छ । 


अहिले सम्म थोरै मानिसलाई खोप दिइएको छ कमिशनको कारण खोप आउन सकेको छैन। औषधीमाथि गरिएको अनियमितता निकै अनैतीक काम भएको सभापति देउवाले बताउनु भयो । पहिलो लहरमा सरकारले स्वास्थ्य समाग्री ल्याउदा समेत भ्रष्टचार भयो यो भन्दा निर्लज्जता के हुन्छ भन्दै प्रश्न गर्नु भयो ।  

 

औषधी नपाएर नेपालीले ज्यान गुमाउनु पर्ने छैन भन्नु भएका प्रधानमंत्री अहिले ज्यान जानेहरु जनता होइनन भन्ने प्रश्न गर्नु भयो । निरिह प्रधानमंत्रीले भाषणमा आत्मरतीमा रहेर आफनो प्रशंसा गर्नु बेठीक भएको देउवाले बताउनु भयो  । 


प्रतिनिधि सभाको सदस्यको शपथ नखादै प्रधानमंत्री हुनु भयो , एउटै दलका सभामुख र उपसभामुख हुन नपाउने सबैधानिक प्रावधान बिरुद्धको काम गरेर शुरु देखी नै संघीयता बिरोधी काम गरेको देउवाले आरोप लगाउनु भयो । उहाँले असबैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभाको बिघठन गर्नु भयो संसद पूर्नस्थापना पछि नैतीकताको आधारमा राजीनामा दिनु पर्नेमा त्यो पनि नगरेको  बताउनु भयो ।

 

उहाँले संबिधानको भावना बिपरित संबिधानका मूल  संरचना भत्काउने काम भएको उहाँले बताउनु भयो । संबैधानिक परिषदलाई अध्यायदेश मार्फत संशोधन गरेर आफनो अनुकुलको निर्णय गराउदै आएको देउवाले आरोप लगाउनु भयो ।  त्यसैले बर्तमान सरकार संसदीय मान्यता प्रति प्रतिवद्ध नरहेको प्रष्ट हुन्छ उहाँले भन्ुभयो संंबिधानको भावना अनुरुप काम गरिएन प्रधानमंत्रीले आफूलाई संबिधान भन्दा माथि राख्ने खालको काम भयो ।


शान्ति सुरक्षा कायम गर्न नसकेको , असबैधानिक काम गरेको हरेका क्षेत्रमा असफल भएका प्रधानमंत्रीले राखेको प्रस्तावको बिपक्षमा मतदान गर्ने छ भन्दै प्रतिपक्षी दलको नेताको हैसियतले सबैलाई बिश्वासको मत नदिन समेत अपिल गर्नु भयो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.