logo

आफैले भंग गरेको प्रतिनिधि सभासंग बिश्वासको मत माग्ने नैतीक अधिकार छः अध्यक्ष दाहाल

      5/10/2021 गते 00 00 मा प्रकाशित     895   पटक पढिएको

प्रतिनिधि सभाको बैठकमा बिश्वासको मत माथिको छलफलमा भाग लिदै नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले अहिले बिश्वासको मतको बिषयमा छलफल गर्दै गर्दा आफूमा कुनै  उत्साह नरहेको बताउनु भयो । 

 


कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र गठबन्धन र प्रधानमंत्रीको रुपमा उहाँलाई प्रस्ताव गर्ने मै हो भन्दै दाहालले भन्नु भयो तीन वर्ष नबित्दै  कम्युनिष्ट एकता क्षतबिक्षत भयो संबिधानलाई चिथोर्ने काम भयो संबिधान कोरोना लागेर थलिएको जस्तो भएको बताउनु भयो ।
देशमा संबिधान , राष्ट्रीयता, लोकतान्त्रिक पद्धती माथि गम्भिर संकट आयो बिकास र समृद्धिको हाम्रो सपनालाई  तुहाउने काम प्रम ओलीले गरेको आरोप लगाउनु भयो  । 

 


पार्टी भित्रको कचिगंललाई आधार बनाएर प्रतिनिधि सभा भंग गर्नु न्यायचोती थियो त ? हाम्रो झगडामा तपाईले यो सार्वभौम संसदलाई तपाईले भंग गरेको होइन ? प्रधानमंत्रीले मारेको भएपनि संबिधानले नमारेको मैले भनेको थिए  हामी त्यही भनेर अगाडि बढेयौ त्यही संसद संग बिश्वासको मत माग्ने नैतीक अधिकार छ र प्रधानमंत्री जी । 

 


मध्यावधीमै जानकै लागि बिघठनको बाटो बनाउन यो बिश्वासको मत लिन खोज्नु भएको त होइन भन्ने प्रश्न गर्दै दाहालले भन्नु भयो अदालतले दुई पार्टीलाई अलग बनाउदा नै त्यसको ३० दिन भित्र बिश्वासको मत लिनु पथ्र्यो  । किन बिश्वासको मत लिनु खोज्नु भयो यो स्वभाविक प्राकृतिक र तर्कसंगत पनि लाग्दैन त्यसैले हामीले संसद सचिवालयलाई बिश्वासको मत नदिने स्पष्ट पारेको उहाँले बताउनु भयो । 

 


लोकतान्त्रिक पद्धती परम्परालाई छलेर अरु केही गर्दै त हुनुहुन्न भन्ने आशंका त उठेकै छ भन्दै दाहालले भन्नु भयो अलोकतान्त्रिक तरिकाले जसरी संसद बिघठन गर्नु भएको थियो त्यसकै पुनरावृति त होइन । 

 


म जस्तो लचिलो उदार र भावुक मान्छेको सहयोगमा दुई दुई पटक प्रधानमंत्री हुनु भयो म मुखमा जे छु त्यही भन्छु तपाई मनमा एउटा मुखमा अर्को गर्न सक्ने हुनुहुदो रहेछ । हिजो हामीले गरेको सहमती मैले तोडेको हो र प्रधानमंत्री जी ? सत्तामा पुगेपछि अहं दम्भ आउदो रहेछ ।

 

त्याहा पुगेपछि तपाईले सबै राम्रो देख्नुहुदो रहेछ । कोरोनाको दोश्रो लहर देखिदै जादा रथयात्रा निकाल्दै तपाई हिडेको होइन त्यसबाटै संक्रमण बढेको हो । मेरो निर्वाचन क्षेत्रमा राम्रो काम हुदै छ तर कोरोना कहरमै यस्तो गर्नु पर्ने थियो ।

 

अध्यक्ष दाहालले स्मार्ट सीटी बनाउदा भरतपुर चाही पर्दैन  किन त्यती पूर्वाग्रह हुनुहुन्छ ? मौका पाए बिघठन गर्ने सुरमा हुनुहुन्छ । आज बिश्वासको मत लिनु थियो भने हिजो सबैंधानिक परिषदको बैठक किन गर्नु पथ्र्यो तपाईको मनमा  सबंैधानिक निकाय कब्जा गर्ने नियत छ । 

 


तपाईले गरेको बिकासको कामको नागरिकले अनुभूती गर्न पाएका छैनन स्वास्थ्य समाग्री खरिदमा संसदमा रहेका बिभिन्न समितिले भ्रष्टाचार भएको भनेका छन त्यसले जनतामा नैराश्यता जागेको छ यस प्रति जिम्मेवार हुनु पर्दैन ।


यस्तो परिवेशमा तपाईको प्रस्ताव असफल भएपछि म त सजिलै छोडनेमा पर्छु तर तपाई त यसरी च्यापेर बस्न खोजेको देखियो ज्यान जाला कुर्सी त छोडने त देखिदैन त । तपाईबाट सिक्नु पर्ने भएको छ यद्धपी तपाईको धेरै भयो भन्ने मलाई लाग्छ । उहाँले शेर बहादुर देउवाले ७६ (२) बाट सरकार बनाउने कुरा खोजी गर्न राखेको प्रस्तावलाई दाहालले सर्मथन गर्दै प्रधानमंत्रीको बिपक्षमा भोट हाल्न अपिल गर्नु भयो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.