logo

आफैले भंग गरेको प्रतिनिधि सभासंग बिश्वासको मत माग्ने नैतीक अधिकार छः अध्यक्ष दाहाल

      5/10/2021 गते 00 00 मा प्रकाशित     684   पटक पढिएको

प्रतिनिधि सभाको बैठकमा बिश्वासको मत माथिको छलफलमा भाग लिदै नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले अहिले बिश्वासको मतको बिषयमा छलफल गर्दै गर्दा आफूमा कुनै  उत्साह नरहेको बताउनु भयो । 

 


कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र गठबन्धन र प्रधानमंत्रीको रुपमा उहाँलाई प्रस्ताव गर्ने मै हो भन्दै दाहालले भन्नु भयो तीन वर्ष नबित्दै  कम्युनिष्ट एकता क्षतबिक्षत भयो संबिधानलाई चिथोर्ने काम भयो संबिधान कोरोना लागेर थलिएको जस्तो भएको बताउनु भयो ।
देशमा संबिधान , राष्ट्रीयता, लोकतान्त्रिक पद्धती माथि गम्भिर संकट आयो बिकास र समृद्धिको हाम्रो सपनालाई  तुहाउने काम प्रम ओलीले गरेको आरोप लगाउनु भयो  । 

 


पार्टी भित्रको कचिगंललाई आधार बनाएर प्रतिनिधि सभा भंग गर्नु न्यायचोती थियो त ? हाम्रो झगडामा तपाईले यो सार्वभौम संसदलाई तपाईले भंग गरेको होइन ? प्रधानमंत्रीले मारेको भएपनि संबिधानले नमारेको मैले भनेको थिए  हामी त्यही भनेर अगाडि बढेयौ त्यही संसद संग बिश्वासको मत माग्ने नैतीक अधिकार छ र प्रधानमंत्री जी । 

 


मध्यावधीमै जानकै लागि बिघठनको बाटो बनाउन यो बिश्वासको मत लिन खोज्नु भएको त होइन भन्ने प्रश्न गर्दै दाहालले भन्नु भयो अदालतले दुई पार्टीलाई अलग बनाउदा नै त्यसको ३० दिन भित्र बिश्वासको मत लिनु पथ्र्यो  । किन बिश्वासको मत लिनु खोज्नु भयो यो स्वभाविक प्राकृतिक र तर्कसंगत पनि लाग्दैन त्यसैले हामीले संसद सचिवालयलाई बिश्वासको मत नदिने स्पष्ट पारेको उहाँले बताउनु भयो । 

 


लोकतान्त्रिक पद्धती परम्परालाई छलेर अरु केही गर्दै त हुनुहुन्न भन्ने आशंका त उठेकै छ भन्दै दाहालले भन्नु भयो अलोकतान्त्रिक तरिकाले जसरी संसद बिघठन गर्नु भएको थियो त्यसकै पुनरावृति त होइन । 

 


म जस्तो लचिलो उदार र भावुक मान्छेको सहयोगमा दुई दुई पटक प्रधानमंत्री हुनु भयो म मुखमा जे छु त्यही भन्छु तपाई मनमा एउटा मुखमा अर्को गर्न सक्ने हुनुहुदो रहेछ । हिजो हामीले गरेको सहमती मैले तोडेको हो र प्रधानमंत्री जी ? सत्तामा पुगेपछि अहं दम्भ आउदो रहेछ ।

 

त्याहा पुगेपछि तपाईले सबै राम्रो देख्नुहुदो रहेछ । कोरोनाको दोश्रो लहर देखिदै जादा रथयात्रा निकाल्दै तपाई हिडेको होइन त्यसबाटै संक्रमण बढेको हो । मेरो निर्वाचन क्षेत्रमा राम्रो काम हुदै छ तर कोरोना कहरमै यस्तो गर्नु पर्ने थियो ।

 

अध्यक्ष दाहालले स्मार्ट सीटी बनाउदा भरतपुर चाही पर्दैन  किन त्यती पूर्वाग्रह हुनुहुन्छ ? मौका पाए बिघठन गर्ने सुरमा हुनुहुन्छ । आज बिश्वासको मत लिनु थियो भने हिजो सबैंधानिक परिषदको बैठक किन गर्नु पथ्र्यो तपाईको मनमा  सबंैधानिक निकाय कब्जा गर्ने नियत छ । 

 


तपाईले गरेको बिकासको कामको नागरिकले अनुभूती गर्न पाएका छैनन स्वास्थ्य समाग्री खरिदमा संसदमा रहेका बिभिन्न समितिले भ्रष्टाचार भएको भनेका छन त्यसले जनतामा नैराश्यता जागेको छ यस प्रति जिम्मेवार हुनु पर्दैन ।


यस्तो परिवेशमा तपाईको प्रस्ताव असफल भएपछि म त सजिलै छोडनेमा पर्छु तर तपाई त यसरी च्यापेर बस्न खोजेको देखियो ज्यान जाला कुर्सी त छोडने त देखिदैन त । तपाईबाट सिक्नु पर्ने भएको छ यद्धपी तपाईको धेरै भयो भन्ने मलाई लाग्छ । उहाँले शेर बहादुर देउवाले ७६ (२) बाट सरकार बनाउने कुरा खोजी गर्न राखेको प्रस्तावलाई दाहालले सर्मथन गर्दै प्रधानमंत्रीको बिपक्षमा भोट हाल्न अपिल गर्नु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.