जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफनो दल बिश्वासको मतको पक्ष बिपक्षमा कतै नलाग्ने बताउनु भएको छ । प्रतिनिधि सभा प्रधानमंत्री के.पी .ओलीले राख्नु भएको बिश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल गर्दै नेता ठाकुरले आफनो पार्टी तटस्थ रहने बताउनु भएको हो ।
उहाँले आफूहरु बिभेदमा परेको आफना साथीहरु लुकेर बस्नु परेको जेलमा रहेको अवस्थामा आफूले मत नदिने बताउनु भएको हो । रेशम चौधरी यही संसदमा देखिनु पथ्र्यो नेता ठाकुरले भन्नु भयो यो संबिधान प्रतिको हामीले स्वामित्व लिने वतावरण बनेको छैन । यही संबिधानमा रहेको कमीका कारण अहिले मुलुकमा समस्या आएको बताउनु भयो ।
उहाँले संबिधान सशोधनको कुरा त आयो तर त्यसको प्रारुप प्रष्ट छैन । अहिले बेरोजगारी बढेको छ महगी बढेको छ कोरोनाको कहर झन बढदै गएको छ यस्तोमा हाम्रो स्रोत र साधनको समुचीत उपयोग हुनु पर्छ । फेरी पनि हामी यो प्रस्तावको पक्ष वा बिपक्षमा रहदैनौ । हामी तपाईहरुसंगै बस्न चहान्छौ तर हाम्रो अवस्था त्यस्तो छैन ।
तपाईको प्रतिक्रिया