यो तीन वर्षम समावेशीतालाई समाप्त पार्ने खेल भएको जसपाका संघीय परिक्षदका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । प्रतिनिधि सभामा बिश्वासको मतका बिषयमा भएको छलफलमा भाग लिदै यादवले यस्तो बताउनु भएको हो । उहाँले आफैले भंग गरेको प्रतिनिधि सभामा कुन नैतीकताको आधारमा बिश्वासको मत माग्न आउनु भएको हो भन्दै प्रश्न गर्नु भयो ।
मधेश आन्दोलनको बेलामा दुई चार आप खसेको अभिब्यक्ति दिनु भएको थियो के अहिले त्यही दुई चार आप खुवाउनु हुन्छ मधेशीहरुलाई ?
नागरिकता बिधयक संसदमा कनि टेबुल भएन यो मुलत मधेशीको मात्र नसोच्नुहोस यो देश भरिको समस्या भएको यादवले बताउनु भयो ।
पूर्व प्रशासक हरु लगाएर सांसदको अपहरण हुदा मुद्धा समेत दर्ता हुन सकेन यस्तोमा सुशासन कसरी हुन्छ । बलात्कार दलीत हिंसाका घटना भएका छन राज्यको पहिलो कर्तब्य जनताको जिउ ज्यानको रक्षा गर्नु हो तर सरकार त्यसमा असफल रहेको उहाँले बताउनु भयो ।
सेटिङ प्रणाली बाट चल्ने शासन ठिक होइन लोकतन्त्र बिधि र प्रणालीमा चल्ने शासन पो ठिक हुने उहाँले बताउनु भयो ।
संघीयता समावेशीता धर्म निरपेक्षता आथिर्क बिकास र समृद्धिको सवाल आजको आवश्यकता हो प्रधानमंत्रीले सुखी नेपाली समृद्ध नेपाल भन्दा आश त जागेको थियो अहिले त दुःखी नेपाली र दरिद्र नेपाल भएको बताउनु भयो ।
तपाईको प्रतिक्रिया