नेकपा एमालेका अध्यक्ष तथा प्रधानमंत्री के.पी.ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा आक्रोशको अभिब्यक्ति भएको बताउनु भएको छ ।
उहाँले संबिधानमा के लेखेको छ ? भन्ने प्रतिप्रश्न गर्दै उहाँले प्रधानमंत्रीले जे सिफारिश गर्छ राष्ट्रपतीले त्यही गर्ने सम्बैधानिक प्रावधान रहेको छ त्यसैले त्यसको जस अपजस प्रधानमंत्रीको हुने भएकोले प्रधानमंत्रीका बिरुद्ध अबिश्वास प्रस्ताव ल्याउन चुनौती दिनु भयो ।शुक्रवार उहाँले काठमाण्डौमा सम्पादकहरुसंगको अन्तरक्रियामा यस्तो चेतावनी दिनु भएको हो ।
प्रधानमंत्री ओलीले राष्ट्रपतिको बिरोध गर्नु भनेको गणतन्त्रको बिरोध गरिएको हो भन्दै लोकतान्त्रिक गणतन्त्रको प्रतिक हो राष्ट्रपती राष्ट्रपतीको हुर्मत लिएर गणतनत्रलाई कमजोर बनाउने काम भइरहेको पति चिन्ता ब्यक्त गर्नु भयो ।
उहाँले अहिलेको सरकारका बिरोधीहरुलाई एकजुट भएर बैकल्पिक सरकार बनाउनकालागि बाटो खोलिदिएको बताउदै प्रम ओलीले त्यसरी आउने सरकारलाई आफनो पार्टीले रचानात्मक रुपमा लिएर सहयोग गर्ने बताउनु भयो ।
के.पी.ओलीले शपथ लिएको बिषयमा प्रतिगमन भयो भनेर निकै हल्ला गरियो भन्दै प्रधानमंत्री ओलीले प्रधानमंत्रीमा को नियुक्ति भयो भने प्रतिगमन हुने को भयो भने क्रान्तिकारी हुने भन्ने नहुने प्रष्ट पार्नु भयो ।
जसले लोकतन्त्रको बिरुद्ध लडाई गर्यो जित्न नसकेपछि आधा मनले लोकतन्त्र स्वीकार गर्नेले हामीलाई लोकतन्त्र सिकाउन खोज्नु ठिक नभएको बताउनु भयो ।
अहिले आवेश उत्तेजनामा होइन गम्भिरता पूर्वक बिचार गरेर कोभिडको संक्रमणको नियन्त्रणमा साझा प्रयास गर्नु पर्ने अवस्था रहेको चर्चा गर्दै प्रधानमंत्री ओलीले आफैलाई समर्थन गर्न वा बैकल्पिक सरकार निर्माण गर्न आव्हान गर्नु भयो ।
मलाई हटाउन दिनेको प्रतिक्षा गर्दै गर्दा यो संसद बिघठनको मोडमा पुग्न थालिसक्यो प्रधानमंत्री ओलीले भन्नु भयो यो अवस्था ल्याउनमा उहाँहरुकै योगदान छ , पत्रकार मित्रहरुलाई पनि यो बिषयमा बुझिदिन आग्रह गर्दछु यसमा सम्बैधानिक प्रवन्ध भन्दा बाहिर केही छैन ।
उहाँले राष्ट्रीय सहमतीको सरकार निर्माणकालागि दलहरुलाई सहकार्यमा आउन अपिल समेत गर्नु भयो । आउनुहोस राष्ट्रिय सरकार सहमतीको आधारमा बनाऔ र कोभिडका बिरुद्ध लडौ । लोकतन्त्र भनेको अड्को थाप्ने पद्धती होइन यो बिधि र अनुशासनको शासन पद्धती हो उहाँले भन्नु भयो ।
तपाईको प्रतिक्रिया