प्रधानमंत्रीमा नेकपमा एमालेका अध्यक्ष के.पी.ओलीले पनि दावी पेश गर्नु भएको छ । राष्ट्रपति कार्यालय शितल निवास पुगेर उहाँले संबिधानको धारा ७६ को (५ ) अनुरुप प्रधानमंत्री पदकालागि दावी पेश गर्नु भएको हो ।
नेकपा एमालेका १ सय २१ र जसपाका ३२ गरि १ सय ५३ सासदको सर्मथन रहेको भन्दै प्रधानमंत्री ओलीले आफनो दावी पेश गर्नु भएको हो । प्रधानमंत्री ओली शितलबिनवासबाट बाहिरनु भएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया