logo

जसपामा ठाकुर र यादवको स्पष्टीकरण “वार” मान्छे फरक ब्यहोरा एउटै

      5/29/2021 गते 00 00 मा प्रकाशित     639   पटक पढिएको

जनता समाजवादी पार्टी [जसपा]को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका ४ नेतालाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ । २४ घण्टे स्पष्टीकरणको जवाफमा महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ  । 

 

यादव पक्षले शनिबार जसपा अध्यक्ष महन्थ ठाकुर. नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे स्पष्टीकरण साधेको हो। 

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको नामबाट नेताहरुलाई पत्र प्रेषित गरिएको छ। यस अभि पनि जसपमा स्पष्टीकरण युद्ध चलिरहेको थियो ।

 

 यस पटक तोकिएको समयमा स्पष्टीकरण नआएको भन्दै आगामी २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टिकरण लिई आउन भन्दै निर्देशन दिइएको छ ।  

 

म्याद भित्र चित्त बुझ्दो र  सन्तोष  जनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धि ऐन  र जनता समाजवादी पार्टीको अन्तरिम विधान बमोजिम पार्टीबाटै  निष्काशन गर्ने चेतावनी दिइएको छ। महन्थ ठाकुरले सोध्नु भएको स्पष्टीकरणमा पनि यही ब्यहोरा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.