प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।प्रधानमन्त्री ओलीले ८ मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बिहीबार ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
निक्कै चर्चामा रहेको गृह मन्त्रालयमा खगराज अधिकारी र सञ्चारमन्त्रीमा नैनकला थापा नियुक्त हुनुभएको विज्ञप्तिमा उल्लेख छ ।
रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैसँग राख्नुभएको छ । वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी मोहन बानिया मन्त्री नियुक्त हुनुभएको छ ।नयाँ मन्त्रीहरूको शपथ आजै भएको छ । योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ ।
तपाईको प्रतिक्रिया