logo

पूर्व पदाधिकारीहरुको बिज्ञप्ति प्रति प्रेस चौतारी नेपालको कडा प्रतिक्रिया सार्वजनीक, अदालतको फैसला गम्भिर र जटील

      6/14/2021 गते 00 00 मा प्रकाशित     1164   पटक पढिएको

पाँच जना पूर्वप्रधानमन्त्रीहरुले जारी गर्नु गर्नुभएको बिज्ञप्ति प्रति प्रेस चौतारी नेपाल प्रदेश २ ले कडा प्रतिक्रिया जनाएको छ ।

 

प्रेस चौतारी नेपाल प्रदेश २ ले  पाँच जना पूर्वप्रधानमन्त्रीहरुले निकालेको वक्तब्य  मुलुकलाई असफल राष्ट्र बनाउ उद्धत रहेको टिप्पणी गरेका छ ।

 

प्रेस चौतारी नेपालका प्रदेश यन्चार्ज लालबाबु शेख र प्रदेश संयोजक फणी महतले जारी गनुृ भएको संयुक्त बक्तब्यमा पूर्वप्रधानन्यायाधीशपछि पूर्वप्रधानमन्त्रीहरु सबिधान भन्दा बाहिरको बाटोबाट आफ्नो पक्षमा फैसला गर्न अदालतलाई दवाव दिने र सरकारलाई काम गर्न नदिने नियोजित षडयन्त्रबाट अघि बढेको प्रष्टै देखिएको उल्लेख छ। 


संबिधानवादमा बिश्वास नगरी भन्दा बाहिर गएर समस्याको समाधान खोज्ने र बैधानिक निकायमाथि बाहिरबाट कब्जा गर्ने तरिका लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन ।

 

तर मुलुक सञ्चालनको नेतृत्व गरिसकेका नेताहरुबाट आफ्नो पद प्राप्ती नै अन्तिम अभिष्ट बनाएर जनतामा निराशा पैदा गर्ने र कम्पर्टेवल सरकार बनाउने घोषणा कसैको सेवा गर्ने उदेश्य पनि झल्किएको बिज्ञप्तिमा उल्लेख छ ।

 

 बिज्ञप्तिमा पछिल्लो पटक सर्वोच्च अदालतबाट कर्णाली प्रदेशका चार जना सांसदमाथि कार्वाही गरिएको बिषयमा आएको फैसला प्रति पनि चौतारीले आफनो प्रतिक्रिया सार्वजनीक गरेको छ । चौतारीले फैसला निकै गम्भीर र जटिल रहेको जनाएको छ ।

 

राजनीतिक दलको बिधानअनुसार कार्वाहीमा परेका सांसदलाई पुनर्बहाली गर्दै बैधानिक केन्द्रीय कमिटीले गरेको निर्णय नै नमान्ने कुरा संबिधानअनुसार भएको मान्न सकिन्न बिज्ञप्तिमा भनिएको छ । 


अदालत यस्ता कुराबाट अलग रही मुलुकमा कानूनी राज कायम गराउन लाग्नुपर्छ भन्ने आम मान्यता रहेको छ । नेकपा एमाले र कर्णाली प्रदेशका सांसदको बिषयमा सम्मानित सर्बोच्च अदालतबाट आएको आदेश नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐनको पुर्णतः बर्खीलापमा छ । संविधानको मर्म र भावनाविरुद्ध आएको यो आदेश न्यायलयबाटै सच्याउन चौतारीले सुझाएको छ । 


चौतारीले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार र खोपमा सम्पुर्ण ध्यान केन्द्रीत गर्न र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन हुने कुनै पनि काम नगर्न सम्वद्ध सवै पक्षसँग हार्दिक अपिल गरेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.