logo

पटेर्वा सुगौलीको नीति तथा कार्यक्रम सार्वजनीक , पालिकालाई धार्मिक पर्यटकको गन्तब्य बनाउने अध्यक्ष चौधरीको उद्धघोष 

      7/9/2021 गते 00 00 मा प्रकाशित     1028   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकालाई पर्यटकीय गन्तब्यको केन्द्र बनाउने गरि नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । 


पर्यटककालागि गन्तब्य बनाउने स्थानमा यो आर्थिक वर्षमा पूर्वाधार निर्माणमा काम गरिने गरि नीति बनाइएको गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले बताउनु भयो । 


आगामी आर्थिक वर्षकालागि गाउँपालिका उपाध्यक्ष ममता महतोले ३६ करोड ८९ लाख २६ हजार रुपैयाको बजेट प्रस्तुत गर्नु भएको छ  । 

 

पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, लाई बजेटमा प्रथामिकताका साथ उल्लेख गरिएको छ ।  प्रसिद्ध धार्मिक स्थलहरु दुग्धेश्वरनाथ महादेव (भाठा बाबा मन्दिर)गादीमाई मन्दिर, भौरीमाई मन्दिर, बनशक्तीमाई मन्दिर लगायतलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीति लिइएको छ ।

गाउँपालिकाको स्वास्थ्य संस्था मा एमबिबिएस डाक्टर र घरघरमा स्वास्थ्य सेवा प्रदान, गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्सको व्यवस्था, गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा, गर्भवती महिलालाई पोषण भत्ताको व्यवस्थाका उच्च शिक्षा र प्राबिधिक शिक्षा लाई पहिलो प्राथमिकता ,साथै युवाहरुका लागि आत्मनिर्भर तथा स्वरोजगार बनाउन विभिन्न सिप मुलक तालिमको व्यवस्था गर्ने नीति छ ।कोरोना कहरको कारण प्रभावित भएका क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउने अभिप्रायले गाउँपालिकाले बजेट तयार पारेको पालिकाका अध्यक्ष चौधरीले बाउनु भयो ।

 

गाउँपालिकाको स्रोत र साधनले भ्याएसम्मका कामहरु गर्ने र जनतालाई स्थानीय सरकारको आभाष गराउने प्रयास आफुले शतप्रतिशत गरेको अध्यक्ष चौधरीको दावी रहेको छ ।

 

नीति तथा कार्यक्रममा  वडाअध्यक्ष फरमान मियाँ बिजय गैरे, माधव राउत थारु ,राजेश्वर महतो ,मोतिलाल साह,गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्र प्रसाद यादव, कार्यपालिका सदस्य गाउँ गाउँपालिकाका सदस्य , योजना साखा प्रमुख राजकुमार चौधरी, बिरेन्द्र चौधरी , निर्मल कुमार, ईन्जिनियर प्रदिप चौरसिया,स्वास्थ्य संयोजक जगरनाथ साह, कर्मचारी, स्थानीय सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।कार्यक्रमको संचालनक शिक्षा शाखा प्रमुख शम्भु साहले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

मन्त्रीलाई ‘छोड्दिनँ’ भन्ने महिलालाई अनुसन्धानकालागि अदालतले दियो थप म्याद

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग टेलिफोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ।

चोरी मात्र हैन, लागुऔषध कारोवारमा संलग्न वीरगंज १६ का  साहेबजान पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ (मखु) लाई चोरी र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.