नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटनामा २ सय पत्रकार प्रभावित
इसीमाना सम्वाददाता
२०८२ पौष २८ गते ०६: ४० मा प्रकाशित
86 पटक पढिएको
काठमाडौँ । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रतता हननका १२१ घटना घटेको पाइएको छ ।
प्रेस काउन्सिल नेपालले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरूको अभिलेखन गर्ने क्रममा सन् २०२५ जनवरी १ देखि सन् २०२५ डिसेम्बर ३१ सम्ममा उक्त सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना घटेको जनाएको हो ।
सबैभन्दा बढी धम्की दुर्व्यवहार का ५० घटना अभिलेख भएका छन् । यसैगरी आक्रमण कुटपिटका ३७, पेसागत असुरक्षाका १५, कब्जा र अवरोधका नौ, पक्राउ प्रयासका पाँच, शङ्कास्पद मृत्युका दुई, नीतिगत बन्देजका दुई र लैङ्गिक हिंसाका एक घटना अभिलेख भएका छन् ।
प्रदेशअनुसार अनुगमन गर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ६२, मधेस प्रदेशमा २७, सदरपश्चिममा ८, कोशीमा ७, लुम्बिनी र गण्डकीमा ६ र ६ र कर्णालीमा पाँच घटना घटेका छन् ।
लैङ्गिक आधारमा एक वर्षभरिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार र सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको देखिएको काउन्सिलले जनाएको छ ।
यस अवधिमा प्रेस स्वतन्त्रता दुरूपयोगका १० वटा घटना घटेका छन् । यसमा बागमती प्रदेशमा पाँच, मधेस प्रदेशमा चार र कर्णालीमा एक घटना घटेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।
वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया