वीरगंज । भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्ला समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ।
पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले एक पत्र जारी गर्दै अहमदलाई जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन्। पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ।
गाउँबाट राजनीतिक यात्रा सुरु गरी जिल्लाको नेतृत्व तहसम्म पुग्न सफल अहमदको मनोनयनले पर्सा जिल्लामा पार्टी पङ्क्तिमा नयाँ ऊर्जा र उत्साह थपिने अपेक्षा गरिएको छ। उनी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनसमस्यालाई प्राथमिकतामा राखेर अघि बढ्ने नेताका रूपमा परिचित छन्।
भूमि समस्या समाधान आयोग पर्साका अध्यक्षको जिम्मेवारीमा रहँदै उनले भूमिहीन, दलित तथा सीमान्तकृत समुदायको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। पार्टीले उनको यही अनुभव, सक्रियता र जनसम्पर्क क्षमतालाई मूल्याङ्कन गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ।
अहमदको नेतृत्वमा पर्सा जिल्लामा जनता समाजवादी पार्टीलाई अझ सशक्त, जनमुखी र संगठित बनाइने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्। पार्टीले अध्यक्षको जिम्मेवारी दिएपछि आफनो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अहमदे पार्टी अध्यक्ष राई र महासचिव इस्तिायाक राइन प्रति आभार प्रकट गरेका छन ।
उनले यो जिम्मेवारीलाई आफनो व्यक्तिगत सम्मान मात्र नभई, पार्टीको नीति, विचार र सङ्गठन सुदृढीकरणप्रतिको ठूलो दायित्वका रूपमा लिएको उल्लेख गरेका छन ।
पार्टी नेतृत्वले देखाउनुभएको विश्वासलाई अक्षुण्ण राख्दै संगठन विस्तार, कार्यकर्ताको मनोबल अभिवृद्धि तथा जनताको मुद्दालाई मजबुत रूपमा उठाउन उनले इमान्दारितापूर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन।
जनता समाजवादी पार्टीलाई बलियो, जनमुखी र वैचारिक रूपमा स्पष्ट राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अभियानमा यहाँहरूको मार्गदर्शन, नेतृत्व र प्रेरणा निरन्तर प्राप्त भइरहने विश्वास लिएको छु । अहमदले लेखका छन ।

तपाईको प्रतिक्रिया