काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका नमूना मतपत्र सार्वजनिक गरेको छ।
आयोगले सातै प्रदेशका एकल र बहु निर्वाचन क्षेत्र भएका जिल्लाअनुसार फरक–फरक मतपत्रको नमूना सार्वजनिक गरेको हो। यी नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग गरिनेछन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार फरक बनाइएको छ। धेरै उम्मेदवार भएका क्षेत्रमा ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र छापिनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एकल तथा बहु निर्वाचन क्षेत्र भएका सबै जिल्लाका नमूना मतपत्र आयोगले सार्वजनिक
तपाईको प्रतिक्रिया