वीरगन्ज । वीरगन्जका चर्चित पत्रकार बिजय कुशवाहा नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्।
काठमाण्डौको पेरिशडाँडा स्थित पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उनलाई स्वागत गरेका हुन्।
लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेका कुशवाहाको पार्टी प्रवेशलाई नेताहरूले मधेसमा पार्टीको संगठन विस्तारका लागि महत्वपूर्ण उपलब्धि मानेका छन्।
अनुभवी पत्रकारको राजनीतिक यात्राले स्थानीय स्तरमा पार्टी निर्माणमा राम्रो प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।
कुशवाहा विजयपथ डटकमका प्रधान सम्पादक हुन्। यसअघि उनी नेपाली काँग्रेसनिकट नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य थिए। साथै, जनता टिभी र हिमालय टिभीमा मधेस ब्यूरो प्रमुखका रूपमा पनि उनले काम गरिसकेका छन्।
पत्रकारिताबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका कुशवाहाको कदमले मधेसको राजनीतिक बहसमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया