logo

पर्सा २ का रास्वपा उम्मेदवार सुशील कानुको बगहीमा घरदैलो, स्थानीय सरोकारमा केन्द्रित संवाद

 इसीमाना सम्बाददाता     २०८२ माघ १८ गते ०१: ०० मा प्रकाशित     75   पटक पढिएको

वीरगञ्ज ।  राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२८ बगही क्षेत्रमा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।

 

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्रमुख समस्या, विकासका प्राथमिकता र जनअपेक्षाबारे जानकारी लिएका थिए। उनले जनताबाट आएका सुझाव र गुनासालाई नीति तथा संसद् तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

 

स्थानीयहरूले सडक पूर्वाधार, खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र सुशासनसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएका थिए। त्यसको जवाफमा कानुले निर्वाचित भएमा ती विषयहरूलाई संसद्मा प्रभावकारी रूपमा उठाई समाधानतर्फ निरन्तर पहल गर्ने बताए।

 

कार्यक्रममा बोल्दै कानुले स्वच्छ राजनीति, जवाफदेही नेतृत्व र पारदर्शी शासन प्रणालीमार्फत मात्र पर्साको समग्र विकास सम्भव हुने उल्लेख गरे। “जनताको भरोसा नै मेरो राजनीतिक शक्ति हो,” उनले भने, “जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिनिधि बन्ने मेरो लक्ष्य हो।”

 

घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो। आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार कानुले क्षेत्रका अन्य वडाहरूमा पनि जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.