logo

मतपत्रमार्फत परिवर्तनको पक्षमा उभिन पर्सेली जनतासंग रास्वपा अध्यक्ष पन्तको आग्रह

 इसीमाना सम्वाददाता     २०८२ माघ १८ गते ०१: ०६ मा प्रकाशित     311   पटक पढिएको

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी  पर्साले निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नम्बर–१ का सक्रिय सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

 

कार्यक्रममा पर्साका चारै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारलाई विजयी बनाउन पार्टी संगठन, कार्यकर्ता र शुभेच्छुकहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा गहन छलफल भएको थियो।

 

 छलफलका क्रममा विभिन्न तह र समुदायबाट आएका सहभागीहरूले आफ्ना दृष्टिकोण, सुझाव र अनुभवहरू प्रस्तुत गरेका थिए।

अन्तरक्रियामा उठेका विषयलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा क्षेत्र–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले प्राप्त सुझावहरूलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गर्ने बताए।

 

उनले आगामी फागुन २१ गतेको निर्वाचनलाई भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावादविरुद्धको जनआन्दोलनको निरन्तरता भन्दै मतपत्रमार्फत परिवर्तनको पक्षमा उभिन आग्रह गरे।

 

सभापति पन्तले कार्यक्रममा देखिएको व्यापक सहभागितालाई पार्टी र आफ्नो उम्मेदवारीका लागि ठूलो उत्साह र बलको रूपमा उल्लेख गर्दै पर्साका चारै क्षेत्रमा रास्वपाको जीत सुनिश्चित हुने दाबी गरे।

कार्यक्रममा सयौँ रास्वपा सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

 

 जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मियालगायतका नेताहरूको उपस्थिति रहेको कार्यक्रममा सहसचिव कृष्ण पास्वानले सञ्चालन गरेका थिए। कार्यक्रम महानगर सभापति अमन आलमको अध्यक्षतामा सम्पन्न भएको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.