logo

वडा नं १२ मा नेपाली कांग्रेसमा युवाहरुको प्रवेश, परिर्वतनको आधार जनताको सहभागिताले निर्माण गर्ने उम्मेदवार रुङ्गटाको भनाई

 इसीमाना सम्वाददाता     २०८२ माघ २६ गते ०३: ३८ मा प्रकाशित     562   पटक पढिएको

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ का नेपाली कांग्रेसका सांसद उम्मेदवार अनिल रुङ्टाले वीरगंज महानगरको वडा नं ११ मा द्दरदैलो तथा नागरिकसंग भेटघाट गरेका छन । 

 

घभेटघाटको क्रममा उम्मेदवार रुङ्टाले वडा नम्बर–११ सहित सम्पूर्ण क्षेत्रका जनताको स्वास्थ्य, शिक्षा, विकास र रोजगार लाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे। उहाँले आफू भाषण गर्न होइन, काम गर्नका लागि राजनीतिमा आएको भन्दै एकपटक विश्वास गरेर मत दिन आग्रह गरे।

 

रुङ्टाले पर्सा क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका अघिल्ला सांसद तथा मन्त्रीहरूले जनतालाई केवल आश्वासन मात्र दिएको आरोप लगाउँदै अब जनताले वास्तविक परिवर्तन खोज्ने समय आएको बताए । सुशासन, विकास निर्माण तथा गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताले प्रत्यक्ष फाइदा पाउने गरी काम गर्ने उनका दाबी छ।

 

कार्यक्रममा रुङ्टाले जनताको आधारभूत आवश्यकता पहिचान गरी नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै परिवर्तनको आधार जनताकै सहभागिता निर्माण  हुने बताए ।

 

उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब १ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई सांसद उम्मेदवार रुङ्टाले फुलमाला, अबिर र गम्छा लगाएर स्वागत तथा सम्मान गरेका थिए।

 

कार्यक्रममा पार्टीका उपसभापति रामनारायण कुर्मी, वडा सभापति मनोज महतो, नेताहरु बिजय सर्राफ , किरण सरकार र रमेश पाण्डे लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.