logo

मधेश आन्दोलनका नेता अन्सारी सहितका नेता कार्यकर्ता जसपमा प्रवेश

 इसीमाना सम्बाददाता     २०८२ माघ २८ गते ०७: ४४ मा प्रकाशित     357   पटक पढिएको

वीरगंज । मधेश आन्दोलनका एक जन सक्रिय नेता मुस्तकिम अन्सारी जसपा नेपालमा प्रवेश गरेका छन ।

 

उनको नेतृत्वमा  विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ताहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका हुन। एक कार्यक्रमबीच नवप्रवेशीहरूलाई पार्टीमा औपचारिक स्वागत गरिएको छ।


कार्यक्रममा बोल्दै संयोजक अन्सारीले देशमा वैकल्पिक र जनमुखी राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै जसपा नेपाल मधेससहित उत्पीडित सaमुदायको अधिकार र समावेशी विकासको पक्षमा दृढ रहेको बताए।

 

उनले पार्टी प्रवेश गर्ने नेता–कार्यकर्ताहरूलाई संगठन सुदृढीकरण र जनताको मुद्दा स्थापित गर्ने अभियानमा सक्रिय भूमिका खेल्न आग्रह गरे।


उनीहरुलाई पार्टीका महासचिव मधेशका संस्थापक मुख्यमन्त्री लालबाबु राउत, पार्टीका नेता सुरेन्द्र कुर्मी,घनश्याम प्रसाद एवं पार्टीको तर्फबाट पर्सा क्षेत्र नं १ का उम्मेदवार रामनरेश यादवले पार्टीमा उनीहरुलाई स्वागत गरेका थिए । 


नवप्रवेशी नेताहरूले पनि जसपा नेपालको विचार, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रामा साथ दिने प्रतिबद्धता जनाए।

 

जसपा नेपालले पछिल्लो समय संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै विभिन्न जिल्लामा पार्टी प्रवेश तथा जनसम्पर्क कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

 

पार्टीका अनुसार आगामी निर्वाचन तथा संगठन सुदृढीकरणलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरू निरन्तर अघि बढाइनेछन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.