logo

पर्सागढी–२ मा रास्वपा उम्मेदवार कानुको घरदैलो सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ माघ २९ गते ११: ४१ मा प्रकाशित     220   पटक पढिएको

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का विभिन्न टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी  का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले घरदैलो अभियान सञ्चालन गरेका छन्।

 


खेखरिया, जिगना, छतीवन टाँडी तथा कटानी टोलमा आयोजित कार्यक्रमका क्रममा स्थानीयवासीसंग उनले भेटघाट गरेका हुन ।  बुद्धिजीवी, ज्येष्ठ नागरिक, महिला, युवा तथा कृषकहरूले उम्मेदवार कानुसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास र परिवर्तनप्रति अपेक्षा व्यक्त गरेका थिए।

 


स्थानीयहरूले पर्सा–२ मा यसपटकको निर्वाचनले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले आधारभूत समस्या समाधानमा स्पष्ट योजना र प्रतिबद्धता आवश्यक रहेको धारणा राखेका थिए।


घरदैलोका क्रममा उम्मेदवार कानुले स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताएका छन्। पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य व्यवस्थापन सुदृढीकरण, खेलकुद पूर्वाधार विकास, कृषकलाई समयमै मलखाद तथा सिंचाइका लागि पानी उपलब्ध गराउने विषयमा पहल गर्ने उनले प्रतिबद्धता जनाए।

 

 साथै बेरोजगार युवालाई पशुपालनसम्बन्धी प्राविधिक सीप तालिममार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको उनले बताए।
रास्वपाका नेता शर्फु आलमका अनुसार कार्यक्रममा फिरोज मियाँ, समीर अन्सारी, धीरेन्द्र राउत, विनय कुमार ओझा, श्यामसुन्दर शाह, गंगा आचार्य, कविराज अर्याल र चन्द्रशेखर चौधरीलगायतको उपस्थिति रहेको थियो।


निर्वाचन नजिकिँदै जाँदा पर्सागढी–२ मा विभिन्न दलका उम्मेदवारहरूले प्रचार अभियानलाई तीव्र बनाएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.