logo

ताजपुरमा घण्टीको गुञ्जन,उम्मेदवार पन्तलाई स्थानीयको उत्साहजनक स्वागत

 इसीमाना सम्वाददाता     २०८२ माघ २९ गते ०४: ३१ मा प्रकाशित     328   पटक पढिएको

वीरगंज। वीरगंज महानगरपालिकाको वडा नं २१ ताजपुरका चोक–चौतारीहरू बिहिवार घण्टी चिन्हले सजिएका देखिन्थे।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा–१ का उम्मेदवार हरि पन्त घरदैलो तथा मतदाता भेटघाटका लागि ताजपुर पुगेका बेला स्थानीय बासिन्दाले विभिन्न रङ्गले चोक–चौतारीमा घण्टी चिन्ह अंकित गर्दै  स्वागत गरेका हुन्।

 

गाउँका मुख्य चौकदेखि गल्ली–गल्लीसम्म घण्टी चिन्हले सिंगारिएका दृश्यले ताजपुरको माहोल चुनावी उत्साहले भरिएको देखिन्थ्यो। स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले कार्यक्रम थप ऊर्जा र उमंगले भरिएको थियो।

 

भेटघाटका क्रममा े “अब मुलुकको परिवर्तन निश्चित छ” भन्ने विश्वास व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नै परिवर्तनको संवाहक भएको स्थानीयल बताएको उम्मेदवार पन्तले जानकारी दिए  । उनीहरूले यसपटक घण्टी चिन्हमा मतदान गरी परिवर्तनको साक्षी बन्ने अठोटसमेत व्यक्त गरेको पन्तको भनाई छ।

 

उक्त अवसरमा उम्मेदवार पन्तले रास्वपाको जित केवल पार्टीको मात्र नभई समग्र देशको जित हुने दाबी गरे। उनले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्दै यसपटक आफू र राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराउन सम्पूर्ण मतदातासँग आग्रह गरे।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.