logo

कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा पर्सागढी नगरपालिका पहिलो स्थानमा , बाराको प्रसौनी दोश्रो

 इसीमाना सम्वाददाता     २०८२ फागुन १ गते ०३: १३ मा प्रकाशित     466   पटक पढिएको

वीरगंज ।  प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा स्थानीय तह मध्य पर्सागढी नगरपालिका पहिलो स्थानमा परेको छ ।

 

उसले ७२.९९ अंक प्राप्त गरेर मधेशका स्थानीय तह मध्य पर्सागढी नगरपालिका सबै भन्दा अब्बल देखिएको हो । 

 

१०० पूर्णाङ्कमध्ये पर्सागढीले ७२.९९ अंक  प्राप्त गरेको छ , जुन अन्य सबै तहको तुलनामा सबैभन्दा बढी हो।

 

आयोगले स्थानीय तहहरूले गर्ने खर्च, राजस्व संकलन, बजेट व्यवस्थापन, वित्तीय अनुशासन तथा सेवा प्रवाहलगायत १७ वटा सूचकका आधारमा मूल्यांकन गर्ने गर्दछ।  सोही मूल्यांकनका आधारमा केन्द्र सरकारबाट पाउने समानीकरण अनुदानको परिमाणसमेत निर्धारण हुन्छ।

 


दोश्रोमा बाराको प्रसौनी गाउँपालिका ७०ं.२४  अंक प्राप्त गरेको छ । त्यसैगरि पर्साको पटेर्वा सुगौली ६७.९९ अंक सहित  तेश्रो स्थानमा रहेको छ । रौतहटको गौर नगरपालिका ६६.१७ अंक सहित चौथो स्थानमा रहेको छ ।

 

 सुरुङ्गा नगरपालिका ६५ .३८ अंक प्राप्त गरि पाँचौ स्थानमा रहेको छ भने बाराको परवानीपुर गाउँपालिका ६५.१७ अंक प्राप्त गरि छैठौं स्थानमा रहेको छ । बारामा परवानीपुर गाउँपालिका दोश्रो स्थानमा रहेको छ ।

 

त्यस्तै पर्साको ठोरी गाउँपालिक ६५.१७ अंक सहित  सातौ स्थानमा रहेको छ । पर्सामा भने तेश्रो स्थानमा रहेको छ । सर्लाहीको बरथहवा नगरपालिका ६४.३९ सहित आठौ स्थानमा रहेको छ ।

 

बोेदेबर्साइन नगरपालिका ६२.९४ अंक सहित नवौ स्थानमा छ भने । सर्लाहीको हरिवन ६२.०२ अंक सहित प्रदेश भरीमा १० औं स्थानमा रहेको छ ।

 

 अंक तालिकामा मधेश प्रदेशको स्थानीय तहमा सबै भन्दा पुच्छरमा रौतहटको देवाही गोनाही ३०.९१ रहेको छ । पुच्छारको दोश्रोमा पर्साको धोवीनी गाउँपालिका रहेको छ ।

 

धोवीनीले ३२.८८ अंक प्राप्त गरेको छ । प्रदेशमा पचास वटा स्थानीय तहले ५० अंक कटाउन सकेका छैनन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.