logo

कोइलाभारमा पूजा अर्चना पछि एमालेका युवा उम्मेदवार यादव स्थानीय मतदातासंग सम्वादमा

 इसीमाना सम्बाददाता     २०८२ फागुन ५ गते ११: १६ मा प्रकाशित     230   पटक पढिएको

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं–२ की उम्मेदवार रिमा कुमारी यादवले मंगलबार चर्चित शक्तिपीठ कोइलाभार माईको मन्दीरमा पूजा अर्चाना गरि चुनावाी घरदैलो प्रारम्भ गरेकी छिन ।

 

चुनावी अभियानलाई थप गतिशील बनाउँदै उनले वडा–१ पशुपतीनगर, उत्तर मनवा कटानी, क्षतीवनटाँडी लगायतका टोलमा पुगेर  स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरिन्।

 

 उनले घरदैलोमार्फत मतदातासँग शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीजस्ता विषयमा छलफल गरिन्।

 

घरदैलोका क्रममा स्थानीयले भादगाउँले  टोपी, दुवोको माला र खादा ओढाएर स्वागत गरेका थिए। कतिपय स्थानमा महिलाहरूले टीका–अक्षता लगाइदिँदै शुभकामना व्यक्त गरेका थिए। मतदाताले दैनिक जीवनसँग जोडिएका समस्या तथा विकाससम्बन्धी अपेक्षा राखेका थिए।

 

उम्मेदवार यादवले आफू निर्वाचित भए पर्सागढी क्षेत्रमा आधारभूत पूर्वाधार सुदृढीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, महिला तथा युवाका लागि सीपमूलक कार्यक्रम र रोजगारी सिर्जना, साथै कृषकका लागि सहज बजार व्यवस्थापनलाई प्राथमिकता दिने बताइन्। उनले पारदर्शी र उत्तरदायी नेतृत्वमार्फत जनविश्वास कायम राख्ने प्रतिबद्धता दोहोर्याइन्।

 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पर्सागढी नगर कमिटीका अध्यक्ष दुगाृ लामिछाने  सहित स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला संगठनका प्रतिनिधि र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

पार्टी स्रोतका अनुसार पछिल्ला दिनहरूमा पर्साका विभिन्न गाउँ–टोलमा यादवको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ।

 

चुनावी माहोल तातिँदै जाँदा पर्सा–२ मा उम्मेदवारहरूको प्रत्यक्ष जनसम्पर्क अभियानले प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिन्छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.