logo

मधेशमा वास्तविक परिवर्तनका लागि रीमा यादवलाई विजयी गराउन झाँक्रीको आग्रह

 इसीमाना सम्बाददाता     २०८२ फागुन १० गते ०७: २२ मा प्रकाशित     241   पटक पढिएको

वीरगंज  । मधेशमा दीगो विकास र अधिकारको सुनिश्चितताका लागि सक्षम तथा प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताउँदै राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रीमा कुमारी यादव लाई विजयी गराउन मतदातासँग आग्रह गरेकी छिन।

 

नेकपा (एमाले) पर्साद्वारा पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिकाको डोकैला चौकमा आयोजित चुनावी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मधेशको आवाज सशक्त रूपमा उठाउन महिला नेतृत्वको आवश्यकता रहेको बताइन।

 

चारदिवार भन्दा बाहिर निस्केर मधेशकी छोरी–बुहारी राजनीतिमा अगाडि आएकी छन्। फागुन २१ गते हुने यो चुनाव रीमा यादवको मात्र नभई सम्पूर्ण मतदाताको भविष्यसँग जोडिएको चुनाव हो।

 

आफ्नै छोरी–बुहारीलाई नेतृत्वमा पुर्‍याउन उनलाई  विजयी गराउन झाँक्रीले मतदाता समक्ष आग्रह गरिन  ।

 

नेतृ झाँक्रीले मधेशका जनताको पहिचान, अधिकार, विकास र सम्मानका मुद्दा अब काठमाडौँसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताउँदै त्यसका लागि सशक्त प्रतिनिधित्व आवश्यक रहेको धारणा राखीन। उनले एमालेले युवाले खोजेको सक्षम र साहसी उम्मेदवार प्रस्तुत गरेको दाबी पनि गरिन।

 

“तपाईंहरूका हरेक मुद्दा—पहिचान, अधिकार, विकास र सम्मान—अब संघीय संसदमा बुलन्द आवाजका साथ उठाउनुपर्छ। त्यसका लागि हामी सबैले रीमा यादवसँग हातेमालो गरेर अघि बढ्नेछौँ,” उनले भनीन  । 

 

झाँक्रीले पर्सा–२ का मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न अपिल गर्दै रीमा यादव संसदमा पुगे मधेशका सवालहरू सशक्त रूपमा उठाइने विश्वास व्यक्त गरिन।


 कार्यक्रममा एमालेका उम्मेदवार रिमा यादव  नेताहरु बिजय कुमार सरावगी ,किसान श्रेष्ठ, बिचारी यादव, सिगासन साह , सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, शिव पटेल महेश दास लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.