वीरगंज । नेकपा एमाले पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ।
पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको नेतृत्वमा गएको टोलीले पर्साका सिडियो भोला दहाल लाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउदै अध्यक्ष शर्माले पार्टी अध्यक्ष के.पी.ओलीलाई प्रतिशोधपुर्ण तरिकाले पक्राउ गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको बताउदै तत्काल रिहा गर्न माग गरेका छन्।
शर्माले सरकारको कामलाई ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रही’ भएको आरोप लगाउँदै सर्वोच्च अदालतको प्रधानन्यायधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माँग गरेका छन ।
सो अवसरमा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, सचिव महेश दास, ओविसीका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषाद, नेता शम्भु गुप्ता, रिमा यादव, मानदेव हजरा लगायत सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।एमालेले ज्ञापन पत्र बुझाउनु अघि वीरगंजमा मोटरसाइकल र्याली समेत निकालेको थियो ।
तपाईको प्रतिक्रिया