logo

यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ

      1/19/2017 गते 00 00 मा प्रकाशित     1779   पटक पढिएको

 

जब तपाईँलाई गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ– फेरि स्वास्थ्यको ख्याल पनि त गर्नुपर्यो, त्यसैले यो कुरा महत्वपूर्ण हुन आउँछ।पिसाब रोक्ने चिज होइन। फाल्नुपर्ने चिज साँचेर राख्नु हुँदैन। किन रोक्नु हुँदैन पिसाब ?

साधारण मूत्रथैलीमा करीब ४४३.६ मिलिलिटर पिसाब अटाउँदछ (८ गिलास पानी बराबर १८९२.७ मिलिलिटर हुन्छ) र धेरैबेरसम्म पिसाब रोक्नाले थैली फुल्न सक्छ। हाम्रो पिसाबथैलीको स्वचालित प्रतिक्रिया संयन्त्रले थैली भरिएपछि दिमागमा सङ्केत पठाउँछ र दिमागले तपाईँलाई तुरुन्तै नजिकैको चर्पीमा जान आदेश दिन्छ। तर यदि तपाईँले दिमागको आदेश मान्नुभएन भने, तपाईँको शरीरले कति बेला चर्पी जानुपर्छ भनेर थाहा पाउने क्षमता गुमाउन सक्छ’ ।

तपाईँले जतिलामो समय पिसाब रोक्नुहुन्छ, तपाईँको थैली त्यति नै बढी ब्याक्टेरियाहरूको घर बन्न पुग्छ। यस्तो ब्याक्टेरियाले मृगौला सम्म सङ्क्रमण फैलाउँन सक्ने हुँदा पिसाब रोक्दा ठुलो रिस्क मोल्नुपर्ने हुन्छ ।

पिसाब रोक्दा के हुन्छ?

धेरै बेरसम्म पिसाब थामेर बस्दा थैली भरिएर फुल्दछ साथै त्यहाँ ब्याक्टेरियाहरूले घर बनाएर बस्ने अनि सङ्क्रमणको प्रक्रिया सुरु हुने थाहापाइसक्नु भयो। यस बाहेक, पिसाब रोक्दा यस्ता समस्या निम्तिन्छन्:

१. मूत्रनलीमा सङ्क्रमण

के होः मूत्रनली सङ्क्रमण (Urinary Tract Infection- UTI) भनेको पिसाबलाई थामेर राख्ने थैली र त्यसलाई प्रवाह गराउने नलीमा ब्याक्टेरियाले गर्ने सङ्क्रमण हो ।

कसरी हुन्छः जब कुनै कीटाणु अथवा ब्याक्टेरिया हाम्रो पिसाबनलीहुँदै थैलीसम्म पुगेर सङ्क्रमण गराउँदछ, तब मूत्रनलीको सङ्क्रमण हुन्छ। धेरै बेरसम्म पिसाब थामेर बस्दा पनि ब्याक्टेरियाहरू पिसाबनलीसम्म आएर सङ्क्रमण गर्न सुरु गर्दछ। यसको चाँडै उपचार नगराएमा मृगौलामा समेत सङ्क्रमण हुन सक्छ ।

लक्षणः धमिलो पिसाब आउनु, पिसाबमा रगत देखा पर्नु, जति बेला पनि पिसाब गर्न मन लाग्नु र हलुका ज्वरो आउनु ।

रोकथामः यस्ता लक्षणहरू देखा परेमा तुरुन्त अस्पताल जानु पर्दछ। अनि डाक्टरले सानो किसिमको सङ्क्रमण हो कि मृगौला कै सङ्क्रमण हो भनेर छुट्याउँने गर्छन ।

२. इन्टरस्टिसियल साइस्टिटिस (Interstitial Cystitis- IC)

के होः मूत्रथैलीको भित्ता सुन्निएर अत्याधिक पीडा हुनु नै ‘इन्टरस्टिसियल साइस्टिटिस’ हो ।

कसरी हुन्छः विज्ञहरू भन्छन्, ब्याक्टेरियाको सङ्क्रमणले नै यस्तो हुन्छ। तर कसैले भने यसको कुनै ठेट कारण नभएको बताउँछन्। तर विशेष गरी धेरैबेरसम्म पिसाब थामेर बस्नेहरूलाई यस्तो समस्या बढी देखा परेको पनि विज्ञहरूको बुझाइ छ ।

लक्षणः तल्लो पेट दुख्ने, दिनमा ६० चोटिभन्दा बढी पिसाब लाग्ने, पिसाबमा रगत देखा पर्ने ।

रोकथामः अहिलेसम्म, यसको उपचार विधि पत्ता लाग्न सकेको छैन, तर दुखाइ कम गर्नको लागि भने व्यक्तिअनुसार उपचार गर्न सकिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.