logo

यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ

      1/19/2017 गते 00 00 मा प्रकाशित     1983   पटक पढिएको

 

जब तपाईँलाई गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ– फेरि स्वास्थ्यको ख्याल पनि त गर्नुपर्यो, त्यसैले यो कुरा महत्वपूर्ण हुन आउँछ।पिसाब रोक्ने चिज होइन। फाल्नुपर्ने चिज साँचेर राख्नु हुँदैन। किन रोक्नु हुँदैन पिसाब ?

साधारण मूत्रथैलीमा करीब ४४३.६ मिलिलिटर पिसाब अटाउँदछ (८ गिलास पानी बराबर १८९२.७ मिलिलिटर हुन्छ) र धेरैबेरसम्म पिसाब रोक्नाले थैली फुल्न सक्छ। हाम्रो पिसाबथैलीको स्वचालित प्रतिक्रिया संयन्त्रले थैली भरिएपछि दिमागमा सङ्केत पठाउँछ र दिमागले तपाईँलाई तुरुन्तै नजिकैको चर्पीमा जान आदेश दिन्छ। तर यदि तपाईँले दिमागको आदेश मान्नुभएन भने, तपाईँको शरीरले कति बेला चर्पी जानुपर्छ भनेर थाहा पाउने क्षमता गुमाउन सक्छ’ ।

तपाईँले जतिलामो समय पिसाब रोक्नुहुन्छ, तपाईँको थैली त्यति नै बढी ब्याक्टेरियाहरूको घर बन्न पुग्छ। यस्तो ब्याक्टेरियाले मृगौला सम्म सङ्क्रमण फैलाउँन सक्ने हुँदा पिसाब रोक्दा ठुलो रिस्क मोल्नुपर्ने हुन्छ ।

पिसाब रोक्दा के हुन्छ?

धेरै बेरसम्म पिसाब थामेर बस्दा थैली भरिएर फुल्दछ साथै त्यहाँ ब्याक्टेरियाहरूले घर बनाएर बस्ने अनि सङ्क्रमणको प्रक्रिया सुरु हुने थाहापाइसक्नु भयो। यस बाहेक, पिसाब रोक्दा यस्ता समस्या निम्तिन्छन्:

१. मूत्रनलीमा सङ्क्रमण

के होः मूत्रनली सङ्क्रमण (Urinary Tract Infection- UTI) भनेको पिसाबलाई थामेर राख्ने थैली र त्यसलाई प्रवाह गराउने नलीमा ब्याक्टेरियाले गर्ने सङ्क्रमण हो ।

कसरी हुन्छः जब कुनै कीटाणु अथवा ब्याक्टेरिया हाम्रो पिसाबनलीहुँदै थैलीसम्म पुगेर सङ्क्रमण गराउँदछ, तब मूत्रनलीको सङ्क्रमण हुन्छ। धेरै बेरसम्म पिसाब थामेर बस्दा पनि ब्याक्टेरियाहरू पिसाबनलीसम्म आएर सङ्क्रमण गर्न सुरु गर्दछ। यसको चाँडै उपचार नगराएमा मृगौलामा समेत सङ्क्रमण हुन सक्छ ।

लक्षणः धमिलो पिसाब आउनु, पिसाबमा रगत देखा पर्नु, जति बेला पनि पिसाब गर्न मन लाग्नु र हलुका ज्वरो आउनु ।

रोकथामः यस्ता लक्षणहरू देखा परेमा तुरुन्त अस्पताल जानु पर्दछ। अनि डाक्टरले सानो किसिमको सङ्क्रमण हो कि मृगौला कै सङ्क्रमण हो भनेर छुट्याउँने गर्छन ।

२. इन्टरस्टिसियल साइस्टिटिस (Interstitial Cystitis- IC)

के होः मूत्रथैलीको भित्ता सुन्निएर अत्याधिक पीडा हुनु नै ‘इन्टरस्टिसियल साइस्टिटिस’ हो ।

कसरी हुन्छः विज्ञहरू भन्छन्, ब्याक्टेरियाको सङ्क्रमणले नै यस्तो हुन्छ। तर कसैले भने यसको कुनै ठेट कारण नभएको बताउँछन्। तर विशेष गरी धेरैबेरसम्म पिसाब थामेर बस्नेहरूलाई यस्तो समस्या बढी देखा परेको पनि विज्ञहरूको बुझाइ छ ।

लक्षणः तल्लो पेट दुख्ने, दिनमा ६० चोटिभन्दा बढी पिसाब लाग्ने, पिसाबमा रगत देखा पर्ने ।

रोकथामः अहिलेसम्म, यसको उपचार विधि पत्ता लाग्न सकेको छैन, तर दुखाइ कम गर्नको लागि भने व्यक्तिअनुसार उपचार गर्न सकिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.