logo

अनुप र सुरभीको ‘कान्छी आउन’ सार्वजनिक

      7/24/2018 गते 00 00 मा प्रकाशित     2776   पटक पढिएको

बीरगंज, ९ साउन । पछिल्लो समय रोमान्टिक गायकका नामले परिचित गायक तथा संगितकार अनुप तिवारी र सुरभि मिश्राले सफलता अर्को खुड्किला पार गरेका छन् । निर्देशक रणधिर श्रेष्ठद्वारा निर्देशीत भिडियो ‘कान्छी आउन’ सोमबार युट्युवमा सार्वजनिक भएको छ ।

अनुप तिवारी र सुरभि मिश्राको स्वर रहेको गीतलाई संगीत पनि गायक तथा संगीतकार अनुप तिवारीकै रहेको छ । रास प्रोडक्सनको पोस्ट प्रोडक्सनमा निर्माण भएको सुन्दर गीतका लागि ड्रोन क्यामेरा समेतको प्रयोग गरिएको छ । आकाशबाट खिचिएको भिडियोमा निर्देशक तथा ड्रोन अपरेटर समेत रहेका श्रेष्ठले सुन्दर दृश्य भिडियोमा कैद गरेका छन ।

क्यामेराम्यान अच्युत श्रेष्ठले छायांकन गरेको यस भिडियोमा अशोक अर्यान यादव र अम्बिका पुनले अभिनय गरेका छन गीतलाई सोमबार नेपाल टेलिभिजनको एनटिभि प्लस च्यानलबाट बेलुका ५ बजे प्रिमियर गरिएको थियो । प्रिमियर सोमा निर्देशक श्रेष्ठ मोडल यादव लगायतको उपस्थिति थियो ।

बुढासुब्बा म्युजिकले युट्युवमा सार्वजनिक गरेको यस गीतका लागि एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन । स्विमिङ्ग पुल, झलुङे पुल लगायत धेरै सुन्दर स्थानहरुमा खिचिएको भिडियो एकपटक हेर्नै पर्ने बनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.