logo

कस्मिक लभ’ को गीतमा दीयासँग रोमान्टिक बने प्रशान्त

      8/28/2018 गते 00 00 मा प्रकाशित     2571   पटक पढिएको


काठमाण्डौ १२ भदौ । 
ह्याण्डसम भिलेनका रुपमा परिचित प्रशान्त ताम्राकारलाई पहिलो पटक रोमान्टिक अवतारमा देख्न पाइने भएको छ । फिल्म ‘कस्मिक ल’’ मा उनी अभिनत्री दीया मास्केसँग रोमान्टिक बनेका छन् । 
 

 
इन्टरनेट रिलिज भएको उक्त फिल्मको ‘कोया कटरको’ बोलको गीतले प्रशान्त र दीयाको प्रेमभाव बोल्छ । भिडियोमा दुईको केमेस्ट्री गजब देखिएको छ । दिनेश सुवेदीको शब्दमा बाबुल गिरीले गीतमा संगीत भरेका छन् । 
 
रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गले गीतमा स्वर दिएका छन् । गीतको अडियो उत्कृष्ट बनेको छ । भिडियोमा राजाराम पौडेल, रिजन थापा, पूजन थापालगायत कलाकार  छन् । 
 
बि.एस. बलामी र एस.अधिकारीको संयुक्त निर्देशन रहेको फिल्ममा शेखर ज्ञावालीको कथा, गौतमराज खड्काको सम्पादन, राहुल राईको छायांकन रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.