logo

डान्स प्लसका निर्णायक  धर्मेश वीरगंज आउँदै

      12/30/2018 गते 00 00 मा प्रकाशित     3478   पटक पढिएको

पुस १५ पर्सा । 
लामो अन्तरालपछी वीरगंजमा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हुन लागेको छ ।  धर्मेश लाईभ इन नेपाल कार्यक्रम वीरगंजमा आयोजना हुन लागेको आज पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी  गराएका हुन । 


सिटी डान्स एकेडेमी, सि आई ए पर्साको संयुक्त आयोजनामा समाजिक वातावरणमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम  पौष २१ ग्गते शनिवार वीरगंजको आदर्शनगर रंगशालामा आयोजना हुने कार्यक्रम संयोजक राजन रौनियारले जानकारी गराएका छन् । 


कार्यक्रमका लागी भारत तथा अन्तराष्ट्रिय स्तरमा डान्सको माध्यमले ख्याती कमाएका भारतीय कलाकार धर्मेशको मुख्य आकर्षण रहने छ । कार्यक्रमा कार्यक्रममा नेपालका डान्स प्लसमा टप ५ मा पर्न सफल पर्साको सेढवाका ए स्क्वार चौधरी ब्रदर्श, यस्तै भ्वाईस अफ नेपालका विवेक परियार, मन्दिप खड्का, सदाम हुसेन, सुभम भुजेल र सिटि डान्स एकेडेमीका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी गराए । 


वीरगंजमा हालसम्म आयोजना भईरहेको कार्यक्रमहरु मध्ये यो कार्यक्रम पृथक हुने आयोजकको दावी छ ।  । अन्तराष्ट्रिय प्लेटफर्ममा अपनाईने सुरक्षाको ब्यवस्था यो कार्यक्रममा लागू गरिने छ । , दर्शक र भिआईपिको व्यवस्था समेत गरिएको आयोजक मध्येका सह संयोजक श्याम किसोरले बताए । 


जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राईभेट सक्यूरीटी गार्ड सहित २ सय भन्दा बढी सुरक्षाकर्मीका साथै २५ वटा अत्याधुनिक सिसिक्यामरा जडान सहितको सुरक्षा प्रबन्ध मिलाएको आयोजकले जनाएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटिको समन्वयमा एम्बुलेन्स र वीरगंज महानगरपालिकाको सहयोगमा बरुणयन्त्रको समेत व्यवस्था मिलाएको छ ।

 

कार्यक्रममा स्थानीय सञ्चारकर्मी, नेपाल पत्रकार महासंघका जिल्ला सचिव युवराज खड्का, वातावरण जीउने अधारका केन्द्रीय अध्यक्ष  अकाश चौहान लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.