पुस १५ पर्सा ।
लामो अन्तरालपछी वीरगंजमा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हुन लागेको छ । धर्मेश लाईभ इन नेपाल कार्यक्रम वीरगंजमा आयोजना हुन लागेको आज पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएका हुन ।
सिटी डान्स एकेडेमी, सि आई ए पर्साको संयुक्त आयोजनामा समाजिक वातावरणमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम पौष २१ ग्गते शनिवार वीरगंजको आदर्शनगर रंगशालामा आयोजना हुने कार्यक्रम संयोजक राजन रौनियारले जानकारी गराएका छन् ।
कार्यक्रमका लागी भारत तथा अन्तराष्ट्रिय स्तरमा डान्सको माध्यमले ख्याती कमाएका भारतीय कलाकार धर्मेशको मुख्य आकर्षण रहने छ । कार्यक्रमा कार्यक्रममा नेपालका डान्स प्लसमा टप ५ मा पर्न सफल पर्साको सेढवाका ए स्क्वार चौधरी ब्रदर्श, यस्तै भ्वाईस अफ नेपालका विवेक परियार, मन्दिप खड्का, सदाम हुसेन, सुभम भुजेल र सिटि डान्स एकेडेमीका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी गराए ।
वीरगंजमा हालसम्म आयोजना भईरहेको कार्यक्रमहरु मध्ये यो कार्यक्रम पृथक हुने आयोजकको दावी छ । । अन्तराष्ट्रिय प्लेटफर्ममा अपनाईने सुरक्षाको ब्यवस्था यो कार्यक्रममा लागू गरिने छ । , दर्शक र भिआईपिको व्यवस्था समेत गरिएको आयोजक मध्येका सह संयोजक श्याम किसोरले बताए ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राईभेट सक्यूरीटी गार्ड सहित २ सय भन्दा बढी सुरक्षाकर्मीका साथै २५ वटा अत्याधुनिक सिसिक्यामरा जडान सहितको सुरक्षा प्रबन्ध मिलाएको आयोजकले जनाएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटिको समन्वयमा एम्बुलेन्स र वीरगंज महानगरपालिकाको सहयोगमा बरुणयन्त्रको समेत व्यवस्था मिलाएको छ ।
कार्यक्रममा स्थानीय सञ्चारकर्मी, नेपाल पत्रकार महासंघका जिल्ला सचिव युवराज खड्का, वातावरण जीउने अधारका केन्द्रीय अध्यक्ष अकाश चौहान लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया