logo

अष्ट्रेलयामा नेपाली सम्पदा झल्काउने कार्यक्रम हुने

      2/3/2020 गते 00 00 मा प्रकाशित     2559   पटक पढिएको

वीरगन्ज, २१ माघ । एसएपी इन्ट्ररटेन्टमेन्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा फेसन अफ हेरीटेज २०२० को आयोजना हुने भएको छ । नेपाली हेरीटेजलाई फेसन सो को माध्यामबाट प्रवासमा बस्ने नेपालीहरु र अष्ट्रेलियाका नागरीकहरुका बिच उजागर गर्ने उद्दश्य रहेको एसएपी प्रमुख कार्यकारी अधिकृत सन्तोष अधिकारीले वताएका छन् ।

फेब्रुअरी २९ तारीकका दिन अष्ट्रेलियाको सिड्नीमा हुने कार्यक्रममा नेपालबाट डिजाइनर अमितेश कर्ण तथा सुकनिता चौलागाँइ लगायत एक दर्जन भन्दा बढी मोडलहरुको सहभागीता रहने छ । उक्त फेसन शोमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचन पनि सहभागिता रहने आयोजक एएसएपी इन्टरटेण्टमेण्टले जनाएको छ ।

एएसएपी इन्टरटेण्टमेण्टले अष्ट्रेलिया तथा नेपालमा नेपालको कला संस्कृती झल्कने बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यो कार्यक्रमले नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार हुने र संस्कृती र सम्पदा संरक्षण र प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ । कार्यक्रमको सञ्चालकको भूमिकामा मनोरञ्जनात्मक कार्यक्रमको दुनियाँमा चर्चित सञ्चारकर्मी वीरगन्जका विवेक खतीवडा रहने आयोजक संस्था एएसएपीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.