logo

ए मेरो हजुर ४ टिमको होली सामान्य

      3/10/2020 गते 00 00 मा प्रकाशित     2712   पटक पढिएको

काठमाण्डौ २७ फाल्गुण ।
चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको त्रासले यस वर्षको होली विगतको जस्तो रमाइलो छैन । अघिल्ला वर्षहरुमा होलीको दिन सडक गल्लीहरुमा रंगले रंगिएका मानिसहरुको घुइँचो हुन्थ्यो । तर, यसपाली होली खेल्नेहरुको संख्या निकै कम छ । कोरोनाका कारण सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र होली नखेल्न आग्रह गरेपछि यस वर्षको होली भिडभाडमुक्त भएको हो।
 


यस वर्षको होली नेपाली फिल्मकर्मीहरुका लागि पनि नरमाइलो बनेको छ । हरेक वर्षको होलीमा राजधानीका विभिन्न ठाउँमा जम्मा भएर फिल्मकर्मीहरुले एकअर्कालाई रंग दलेर खुसी साटासाट गर्ने गर्दथे । तर, यसपटक होली खेल्नका लागि फिल्मकर्मीहरुको जमघट भएको छैन ।
 
हाल पोखरामा छायांकन भैरहेको फिल्म ‘ए मेरो हजुर ४’ टिमले पनि सामान्य रुपमा होली मनाएको छ । फिल्मका कलाकार र निर्देशकले एकअर्कालाई अविर दलेर रमाइलो गरेका छन् । निर्माण टिमले सार्वजनिक गरेको तस्विरमा फिल्मका प्रमुख कलाकारहरु अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको अविरले रंगिएको मुहारमा देख्न सकिन्छ ।
 
सुनिल कुमार थापाको निर्माण रहने फिल्मलाई सञ्जय लामाले खिचिरहेका छन् । पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा फिल्मको करीब ३० दिन छायांकन हुने जानकारी प्राप्त छ । यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा निर्देशक थापा छिन् । फिल्मको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ । फिल्म अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुनेछ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.