logo

कोरोनापछि पनि नमस्कार गर्ने चलन लाई निरज्तरता दिन महानायकको आग्रह

      3/22/2020 गते 00 00 मा प्रकाशित     4228   पटक पढिएको


वीरगन्ज, ९ चैत । नेपाली रजतपटका महानायक राजेश हमालले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिनु भएको छ । अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन निर्माण नभइसकेका कारण सर्तक रहनुभन्दा विकल्प अरु नभएको उहाँको भनाई छ । उहाँले आफूले पनि आफ्नो दैनिकीमा धेरै परिवर्तन ल्याएको शनिवार फेसबुक लाइभ मार्फत जानकारी दिनु भएको छ ।
 
पछिल्लो चार पाँच दिनयता आफू घरमै सीमित भएको बताउँदै हमालले भन्नु भयो , ‘अत्यावश्यक कामभन्दा बाहेक घरभन्दा बाहिर ननिस्कनुस् । भीडभाडमा नमिसिनुस् ।  व्यक्तिहरुसँग छुन, अंकमाल गर्ने कार्यहरुबाट पनि टाढा रहनुस् । विशेषगरि आफ्नो सर सफाइमा अत्यन्त ध्यान दिनुहोला ।’ अहिलेको अवस्थामा हात सफा राख्नु पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनु भयो ।
 
अभिनेता हमालले कोरोनाबाट बच्न ‘नमस्कार’ गर्ने संस्कार अपनाउन पनि आग्रह गर्नुभएको छ। ‘एकअर्कालाई भेट्दा नेपालीहरुको नमस्कार गर्ने संस्कार छ । तर, अहिले आधुनिकताको नाममा हात मिलाउँछौं । यो प्रकोपले हामीलाई नमस्कार गर्ने संस्कार नै राम्रो थियो भन्ने सिकाउँछ जस्तो मलाई लाग्छ’, उहाँले भन्नुभयो  । कोरोनापछि पनि नमस्कार गर्ने चलन बसाल्न उहाँले आग्रह गर्नु भएको छ ।


विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावबाट नेपाल पनि मुक्त छैन । अहिलेसम्म कसैमा यसको संक्रमण नदेखिए पनि भारतमा कोरोना संक्रमित बढेसँगै नेपालमा त्रासदी उत्पन्न भएको छ । यसबाट बच्न नेपाल सरकारले आजबाट अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिसकेको छ भने घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ ।
 यसैगरि अभिनेत्री  रेखा थापादेखि साम्राज्ञी आरएल शाहसम्मले भिडियो सन्देशबाट सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।
 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.